Logo

Student Corner

दसैँ

Written by: Aaniya Poudel - 27002, Grade VII

Posted on: 03 December, 2021

( दसैँको बिदा सुरु हुन लागेको थियो ।  विद्यालयकाे खाजा खाने समयमा काभ्रे अङ्ग्रेजी  माध्यमिक विद्यालयकाे कक्षा सातका विद्यार्थीहरू  राम, रोजन, सरिना र निस्मा खाजा खाने समयमा बिदामा के गर्ने भनेर कुरा गर्दै छन् )
थिए । ल अब उनीहरूको कुराकानी सुनौँ है त )

राम  : अब त हाम्रो दसैँको बिदा सुरु हुँदै छ है ।
सरिना : हो नि मलाई त दसैँ एकदमै मन पर्छ तिमीहरूलाई नि ।

(सबैले एकै स्वरमा ) हामीलाई पनि मन पर्छ ।

रोजन : मलाई त दसैँको १५ दिनै मन पर्छ । घटस्थापनादेखि अन्तिम दिन पूर्णिमासम्म |

निस्मा : मन त परिहाल्छ नि  दसैँ हिन्दुहरूको ठुलो चाड पर्व हो । दसैँमा माता दुर्गाको पूजा गरिन्छ ।

राम : दसैँमा खसी काटिन्छ मासु खान पाउँछौँ अनि मलाई मासु असाध्यै मन पर्छ ।दसैँमा मलाई त माम खान बस्दा सधैँ मासु चाहिन्छ ।

( रामको कुरा सुनेर सबै जना हास्न थाले राम पनि हास्यो)

रोजन : त्यो त सही कुरा हो । घटस्थापनाको दिन मा हामीले आफैँ जमरा रोप्छौँ मलाई त जमरा रोप्न एक दमै मन पर्छ ।

सरिना  : हाम्रो घरमा त सबै जना दसैँमा भेला हुन्छाैँ अनि धेरै रमाइलो गर्छाैँ । मलाई त याे पर्व असाध्यै मन पर्छ ।

निस्मा : त्यो त हो मेरो घरमा पनि त्यस्तै हुन्छ । त्यसैले पनि मलाई मन पर्छ ।दसैँमा मेरा विदेशमा बसेका काका काकी पनि नेपाल आउनुहुन्छ ।

रोजन : त्यो पनि हो दसैँमा विदेशमा गएकाहरू पनि घर फर्केर आउँछन् र आफ्नो परिवार सगैँ दसैँ मनाउँछन् ।दसैँ सबैलाई धेरै मन पर्छ । सबै स्कुल पनि बिदा हुन्छन् ।

निस्मा : त्यो त सही कुरा गर्‍यौँ रोजन ।दसैँमा हामीले पिङ पनि खेल्न पाउँछौँ गाउँ र मामाघर पनि जान पाउँछौँ ।

राम  : हाे नि  अनि हामी सबैलाई पिङ खेल्न कति मजा आउछ ।

सरिना : अब चाडो खाजा खाऊ घन्टी बज्ने बेला भयो अहिले कक्षामा जान ढिलो हुन्छ ।

( केही बेरपछि घन्टी बज्छ र  सबै जना कक्षामा जान्छन् )