Logo

Student Corner

मेरो प्यारो गाउँ

Written by: Manasbhi Niraula - 29015, Grade IV

Posted on: 03 December, 2021

मेरो प्यारो गाउँ जहाँ म बाँचेको छु ।
मेरो प्यारो गाउँ जहाँ म परिवारसँग हाँसेको छु ।।
चारैतिर हरियाली वर-पिपलको चौतारी ।
यति सुन्दर गाउँ नबसी भौँतारिएको छु सहर बसी ।।

सबै भन्छन् सहर राम्रो मलाई लाग्छ गाउँ प्यारो ।
गाउँ छोडी सहर बस्न मलाई पर्‍यो धेरै गाह्रो ।।
गाउँ छोडी सहर बस्नुपर्छ भन्‍नु हुन्छ बाबा ।
गाउँ छोडी सहर बस्दा टाढा  हजुरबा रआमा ।।

गाई भैँसी पाली शुद्ध दुध र दही खान पाउने ।
करेसा वारीमा गोडमेल गरी तरकारी फलाउने ।।
हरियो वन नेपालको धन कल-कल पानी खोलाको ।
सहर बस्दा सपना देख्छु गाउँबाट बोलाको ।।

सहरमा धुवाँ धुलो सबै कुरा प्रदूषित ।
स्वच्च हावा, शुद्ध पानी गाउँमै  हुन्छाैँ सुरक्षित ।।
सहरमा झैँ विकासको लहर गाउँमा पनि ल्याउनुपर्छ ।
हामीले नै मिलेर गाउँको विकास गर्नुपर्छ ।।