Logo

Student Corner

पुस्तक समीक्षाः तर्साउने केटो

Written by: Himamsu Bal - 31009, Grade III

Posted on: 03 December, 2021

तर्साउने केटो हामीले जेठ महिनामा मासिक पुस्तकको रूपमा पढेका थियौँ । यस कथामा एउटा केटो   रिङ्कु हुन्छ । रिङ्कु कक्षा एकमा पढ्छ । एक दिन रिङ्कुले उसकी दिदीलाई तर्साउँछ । आमाले रिङ्कुलाई सम्झाउनुहुन्छ तर रिङ्कु भनेको मान्दैन । भोलिपल्ट रिङ्कु स्कुलमा पहिला जान्छ । उसले टेबुलमुनि लुकेर विना र जीनाले आएपछि तर्साउँछ । अर्काे दिन चर्पीमा बसेर उसको साथी विनाेदलाई  पनि तर्साउँछ । विनाेद भने भूत भन्दै भाग्छ । कक्षाका सबैजना भूत हेर्न भनेर जान्छन् तर रिङ्कु भागिसकेको हुन्छ । सबैले विनोदलाई उल्लु बनाएको भन्छन् । रिङ्कुले चर्पीभित्रबाट त आवाज सुनेको थियो तर उसले साथीहरूलाई भने भूत देखाउन सक्दैन । उसले कक्षाकोठा बाहिर समूहमा बसेका छात्राहरूलाई पनि ढुङ्गाले हिर्काएर तर्साउछ । सबैले आकाशबाट ढुङ्गा बर्सियो भन्छन् । रिङ्कु हाैसिएर अब ठुला कक्षाका दाइ दिदीहरूलाई पनि तर्साउन थाल्छ । उसले एक दिन पुस्तकालयमा सरलाई पनि तर्साउँछ । उसलाई मज्जा लाग्छ । अर्को दिन उसले भर्‍याङ चढिरहेका मिसहरूलाई तर्साउँछ । मिसहरू खुड्किला चढ्दै गइरहेका हुन्छन् । रिङ्कुले हाउ गरेपछि मिसहरू भर्‍याङबाट खुर्मुरिन्छन् । मिसहरू चिच्याउँछन् र मिसहरूलाई एम्बुलेन्समा अस्पतालमा लगिन्छ । अब रिङ्कुलाई तर्साउन मज्जा लाग्दैन । रिङ्कुलाई नमज्जा लागिरहेको हुन्छ । कक्षामा सरले पढाइरहेको बेलामा रिङ्कु रुन थाल्छ । रिङ्कुले “तर्साउने केटाे म हुँ, अबदेखि यस्तो काम गर्दिनँ” भनेर  माफी माग्छ । सर र रिङ्कुका साथीहरू खुसी हुन्छन् ।