Logo

Student Corner

महिनाहरू

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 02 December, 2021

नेपालमा जम्मा १२ वटा महिनाहरू छन् । बैशाख महिना पहिलाे महिना हाे भने चैत्र अन्तिम महिना हाे । बाह्र वटा महिनाहरू यसप्रकार छन्ः बैशाख, जेठ, असार, साउन, भदाै, असाेज, कात्तिक, मङ्सिर, पुस,माघ, फागुन र चैत्र । हाम्रा हरेक महिनामा कुनै न कुनै चाड परेकाे हुन्छ । बैशाख महिनामा नयाँ वर्ष मनाइन्छ । बैशाख र जेठ महिनामा आमाकाे मुख हेर्ने दिन,बुद्ध पूर्णिमा , र उभाैँली पर्व पर्छन् । असार महिनामा दही चिउरा खाने दिन, तुलसी राेप्ने दिन पर्छनन् । साउन महिनामा गुरुपूर्णिमा र रक्षाबन्धन पर्दछन् । भदाै महिनामा कृष्ण जन्माष्टमी, तीज, बुवाकाे मुख हेर्ने दिन आदि  पर्दछन् । असाेज महिनामा प्रायःजसाे हाम्राे सबैभन्दा ठुलाे चाड विजया दशमी र कात्तिक महिनामा तिहार पर्दछ । मङ्सिर महिनामा  विवाह पञ्चमी पर्दछ । पुस महिनामा ल्हाेसार र हामी विद्यर्थीका लागि ठुलाे चाड सरस्वती पूजा पर्दछन् । माघे सङ्क्रान्ति माघमा पर्छ भने  फागुन महिनामा महाशिवरात्री,फागुपूर्णिमा पर्दछन् । अन्तिम महिना चैत्रमा घाेडेजात्रा र चैते दसैँ पर्दछन् । हामी हरेक महिनाका चाडपर्वमा उत्तिकै रमाउँछाैँ र रमाएरै महिनाहरू बिताउँछाैँ । 
जेठ, असार र साउनमा दिनहरू लामा र रात छाेटा  हुन्छन् अनि यी दिनहरूमा गर्मी बढी हुन्छ  भने मङ्सिर,पुस र माघमा दिनहरू छाेटा रात लामा हुन्छन् साथै यी महिनामा ठन्डी बढी  हुन्छ ।  फरक महिनाअनुसार ऋतुहरू पनि फरकफरक नै हुन्छन् । चैत्र ,बैशाखमा वसन्त ऋतु,जेठ,असारमा ग्रीष्म ऋतु, साउन,भदाैमा वर्षा ऋतु , असाेज, कात्तिकमा शरद ऋतु  मङ्सिर , पुसमा हेमन्त ऋतु र अन्त्यमा माघ,फागुनमा शिशिर ऋतु पर्दछन् ।