Logo

Student Corner

हिमाल

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 02 December, 2021

सधैँ हिउँ पर्ने विश्वभरिकै अग्लो पहाडको समूहलाई हिमाल भनिन्छ । हिमाल नेपालको उत्तरी भागमा रहेको छ । यहाँ धेरै जाडो हुन्छ । यहाँ धेरै जाडो हुने भएकोले मानिस, जनावर र चराचुरुङ्गीहरु पनि बस्दैनन् । नेपालका अग्ला पहाडहरू हिउँले ढाकिएका छन् तर तिनीहरूको तल्लो भाग घाँस र बोटबिरुवाले ढाकिएको छ ।

नेपालमा संसारभरिकै अग्ला हिमालहरु छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालामा नै छ । यसको  करिब उचाइ ८८४९ मिटर हो । संसारको धेरै मानिसहरुले यस हिमालको चुचुरामा पुग्ने प्रयास गरेका थिए । सगरमाथामा सबै भन्दा पहिले पाइला टेक्ने नेपालको तेन्जिङ नोर्गे शेर्पा र न्यू जि ल्यान्ड  एडमन्ड हिलारी थिए । नेपालमा सौन्दर्यको श्रेय दिने यी हिमालहरूले पर्यटनको क्षेत्रमा मुख्य भूमिका खेलेको छ। हिमाल हेर्न धेरै पर्यटक नेपाल आउने गर्छन् । नेपालको हिमाली क्षेत्रमा धेरै दुर्लभ जडीबुटीहरू पाइन्छन्। हामी तिनीहरूलाई सिधै औषधिको रुपमा प्रयोग गर्न सक्छौँ वा तिनीहरूबाट महत्त्वपूर्ण औषधिहरू बनाउन प्रयोग गर्न सकिन्छ। हिमालमा जमेको हिउँ पग्लेर ठुला-ठुला खोलाहरु बगेका छन् । त्यसैले हिमाल पानीको स्थायी स्रोत हो । हिमालको हावापानी र वातावरण ताजा र स्वस्थ छ । त्यसैले हिमाल क्षेत्रका बासिन्दाहरू सधैँ जोसिलो र बलिया हुन्छन्।

हिमालले नेपालको इज्जत बढाउँछ र मानिसहरुको मन लोभ्याउँछ । यसको प्राकृतिक सुन्दरताले विश्वभरिको मानिसलाई आकर्षित गर्दै आएको छ । हामीले हिमाललाई संरक्षण गर्नु पर्छ किनभने यसले हाम्रो देशको इज्जत बढाएको छ ।