Logo

Student Corner

म र तिमीले चिनेकाे म

Written by: Manisha Gurung - 22030, Grade XII

Posted on: 02 December, 2021

हेेर्दा एउटै देखिन्छु तर म र तिमीले चिनेको ममा धेरै फरक छ,
तिमीले एक नजरमा मेराे परिभाषा बदलिदिन्छौ, 
अनि बाेलेकाे एक वचनमा मेराे अस्तित्व थमाइदिन्छौ ।
म जे हुँ तिमी स्विकार्न चाहन्नाै, अनि तिमी जे ठान्छाै, म त्याे बन्न चाहन्नँ, 
त्यसैले भन्दै छु, हेेर्दा एउटै देखिन्छु तर म र तिमीले चिनेको ममा धेरै फरक छ ।

तिमी बाहिरी शारीरिक बनावट र महँगाे लुगा लगाउनुलाई सुन्दरताकाे उदाहरण दिन्छौ 
तर म व्यक्तिकाे साेचाइ, साधरण पहिरन र सकारात्मक दृष्टिलाई 
सुन्दरताकाे उपनाम दिन्छु,
तिमी जे साेच्छाै, म त्याे साेच्न चाहन्नँ, अनि तिमी जे सुनाउँछाै, म त्याे सुन्न चाहन्नँ,
त्यसैले भन्दै छु, हेेर्दा एउटै देखिन्छु तर म र तिमीले चिनेको ममा धेरै फरक छ ।

तिमी मलाई घमन्डीकाे नाम दिन सक्छौ तर 
मलाई मेराे आत्मसम्मान आफूभन्दा नि प्याराे लाग्छ, 
तिमी मलाई अशान्तिकाे मुलुकमा जन्मेको कथित सत्यवान् साेेच्न सक्छौ,
तर मलाई झुटाेलाई कवच बनाएर सत्य नकार्न घृणा लाग्छ,
त्यसैले भन्दै छु, हेेर्दा एउटै देखिन्छु तर म र तिमीले चिनेको ममा धेरै फरक छ ।

तिमी मलाई साथीकाे महत्त्व नबुझ्ने एकलकाटे व्यक्ति भन्न सक्छौ,
किनकि म तिमीजस्तो दुनियाँकाे कुरा काटेर बस्न सक्दिनँ,
मलाई त एकान्तमा आफ्नै शब्दहरूमा बहकिन मन लाग्छ, 
त्यसैले भन्दै छु, हेेर्दा एउटै देखिन्छु तर म र तिमीले चिनेको ममा धेरै फरक छ ।

बन्द गर तिम्राे नजरबाट मेराे व्याख्या गर्न, मलाई तिमीजस्तो कहिल्यै बन्नु नै छैन, 
मलाई त म नै हुनु छ
किनकि म याे समाजले बनाएकाे तिमीभन्दा गलत हाेइन अलग छु,
त्यसैले भन्दै छु, हेेर्दा एउटै देखिन्छु तर म र तिमीले चिनेको ममा धेरै फरक छ ।