Logo

Student Corner

थाल र कचाैरा

Written by: Anushree Acharya - 28002, Grade VI

Posted on: 02 December, 2021

"म तिमीभन्दा धेरै राम्रो छु" थालले भन्याे । बजाङ्गको सुर सहरमा एउटा घर थियो। त्यहाँकाे एक परिवारमा ४ जना मानिसहरू  बस्थे । उनीहरू  सबै बाहिर काममा जान्थे। मानिसहरू  काममा गएपछि भाँडाहरू  बोल्न थाल्थे।

एक दिनको कुरा हो थाल र कचाैरा बिच झगडा भयो। थालले कचाैरालाई भन्यो "तिमी त कस्तो चौ । न त गोलो न त चेप्टो। "थालले त्यसो भनेपछि कचाैरालाई रिस उठ्यो। उसले भन्यो "मजस्तो भए पनि मानिसहरू मलाई तिमीभन्दा धेरै प्रयोग गर्छन् । भनेको म तिमीभन्दा राम्रो छु ।" झगडा हुन अरू के चाहियो। अरू भाँडाहरू  झगडा हेरेर बसे। कसैले रोकेनन। अन्तिममा एउटा चम्चाले प्रतितोगिता गर्ने भन्यो। सबैले हुन्छ भने। त्यतिकैमा मानिसहरू  आइपुगे।

अर्को दिन सबै मानिसहरू  काममा गएपछि प्रतियोगिता सुरु भयो। प्रतियोगिताको अन्त्यमा बराबर अङ्क आयो । त्यसपछि पनि  थाल र कचाैरा बिच झगडा चलिरहेको थियो । मानिसहरूले पनि झगडा देखेर अचम्ममा परे। उनीहरूले एउटा उपाय निकाले।

अर्को दिन एक मानिसले थाहा नपाएजस्तै गरी थालको प्रशंसा गरे । थाल भित्रभित्रै खुसी भयो। कचाैरा भने भित्रभित्रै रिसायो। अर्को मानिसले  भने कचाैराको प्रशंसा गर्‍याे । अब कचाैरा खुसी भयो । फेरि अर्को मानिसले सबै उस्तै छन भनेर भन्याे । त्यो मानिसले सबै थाल र कचाैरा कसरी उस्तै भए भनेर भन्याे । त्यसपछि उसले आकारमा फरक भए पनि दुवैकाे महत्त्व उस्तै भएकाे कुरा बुझायाे । त्यसपछि थाल र कचाैरा मिलेर बस्न थाले ।