Logo

Student Corner

तर्साउने केटो

Written by: Presley Bhattarai - 31020, Grade III

Posted on: 02 December, 2021

तर्साउने केटो एउटा रमाइलो कथा हो । यस कथामा एउटा रिङ्कु भन्ने केटा हुन्छ । रिङ्कुलाई तर्साउन रमाइलो लाग्छ । उसले आफ्नी दिदीलाई तर्साउँछ । कक्षाका साथीहरूलाई पनि तर्साउँदै जान्छ । उसले आफ्नै साथी विनोदलाई पनि तर्साउँछ । विनोदले “शौचालयमा भूत छ” भनेर सबैलाई भन्छ सबै जना साथीहरू हेर्न जाँदा त्यहाँ कोही पनि हुँदैनन् । रिङ्कुले ठुला कक्षाका दाइ र दिदीहरूलाई पनि तर्साउँछ । एक दिन रिङ्कुले पुस्तकालयमा सरलाई पनि तर्साउँछ । रिङ्कुले  मिसहरूलाई पनि तर्साउँछ । मिसहरू भर्‍याङबाट लड्नुहुन्छ र उहाँहरूलाई अस्पताल लगिन्छ । अब रिङ्कुलाई तर्साउने काम राम्रो लाग्दैन । उनलाई आफूले गल्ती गरेको महसुस हुन्छ । कक्षामा पढाउँदा रिङ्कुलाई पढाइमा ध्यान जाँदैन र ऊ रुन थाल्छ । “अरूलाई तर्साउने केटो मै हुँ, मैले गल्ती गरेँ, अब देखि यस्तो काम गर्दिनँ”  भनेर भन्छन् । यस्ता कुरा सुनेर सर र साथीहरू खुसी हुन्छन् । हामीले यो कथाबाट अरूलाई तर्साउनुहुँदैन । अरूलाई तर्साएर कहिले पनि मज्जा हुँदैन भन्ने कुरा सिक्छौँ ।