Logo

Student Corner

गरिबको पीडा

Written by: Deepti Neupane - 23019, Grade XI

Posted on: 01 December, 2021

गरिबको झुपडीमा 
जन्मेँ म किन ? 
पेटभरि गाँस खाने 
कहिले आउला दिन ?
मै मोरो अभागीलाई 
काल आउँदैन लिन । 
यसै त गरिब मान्छे
लाग्दो रै’छ रिन ।

बेहाल भयो जीवन मेरो 
बाँचूँ कि मरूँ भा’छ । 
सबैले हेप्छन् गरिब भनी 
सुख कहाँ पा’छ ?