Logo

Student Corner

मेरो रहर

Written by: Nishan Shrestha - 25008, Grade IX

Posted on: 01 December, 2021

मेरो एउटा रहर सानो घर बनाउने ,
आमा बुबालाई खुसी पार्ने ,
दु:खलाई पछि छोडी सुखलाई अगि सार्ने ,
साथी भाइको माया नमार्ने  ।

मेरो रहर विश्व भ्रमण गर्ने , 
घुमेका ती प्रत्येक पल गन्ने  । 
ती पलहरू आफैलाई भन्ने ,
जहाँ घुमे पनि आफ्नै देशलाई सुन्दर मान्ने  ।

नेपाललाई विश्वमा चिनाउने ,
गरिब नभनी धनी देश बनाउने। 
ती भ्रष्टलाई सजाय दिलाउने ,
अन्यायमा परेकालाई न्याय दिलाउने।

दु:खपछि सुख हुन्छ भन्ने बुझाउने ,
भोकालाई भोजन दिलाउने। 
प्यासीलाई पानी पिलाउने ,
नेपालीको मुहारमा खुसी ल्याउने ।