Logo

Student Corner

सानी बहिनी

Written by: Ipsa Bajracharya - 30012, Grade IV

Posted on: 01 December, 2021

मेरी सानी बहिनी
छिन असाध्यै ज्ञानी
चकचक गर्दै नहिँड ।
दायाँ बायाँ नहेरी
मेरी सानी बहिनी 
पढी लेखी गरनु
राम्राे काम गरेर 
असल नाम राखनु
मेरी सानी बहिनी 
डाक्टर, पाइलट बन्नु है ।
अनुशासित बनेर 
देशकाे नाम राख्नु है ।
सानालाई माया गर
ठुलालाई सम्मान 
नयाँ राम्रा कामले 
बढाउनु तिम्राे सान
असल बाटाे हिँडेर
हामी दुवै मिलेर
खुसीहरू भराैँला
ठुला काम गराैँला ।