Logo

Student Corner

स्वार्थी तिमी

Written by: Binaya Rijal - 22020, Grade XII

Posted on: 30 November, 2021

मुस्किलै मुस्किलको महासागरमा
डुबुल्की मारेर
भर्खर मात्र किनारा लागेकाे छु ।

तिमी माछाे सम्झेर मलाई
त्यहीँ माहासागरकाे गहिराइमा
तिम्राे निम्ति हिरा खाेज्न
धकेल्छाै ।

खैर,थाहा छैन हाेला तिमीलाई
मायामा शारीरिक र आर्थिकबाहेक
भावनात्मक सम्बन्ध पनि 
हुन्छ भनेर ।