Logo

Student Corner

गएको दसैँ

Written by: Bipana Shrestha - 24002, Grade X

Posted on: 30 November, 2021

नेपाली हरूको महान चाडपर्वहरूमध्ये दसैँ पनि एक हो । दसैँ भन्नेबित्तिकै खुसी र उमङ्ग सबैको मनमा छाउँछ । दसैँले बालकदेखि युवा र वृद्धवृद्धासम्म छुट्टै आनन्द लिएर आउँछ । मेरो यसपालीको दसैँ एकदमै रमाइलोसँग बित्यो । अगिल्लो वर्षको दसैँ कोरोना महामारीका कारण घरभित्रै सीमित थियो । हुनत यसपाली पनि कोरोना नभएको होइन तर सङ्क्रमण दर केही कम भएकाले अलि ढुक्कसँग मनाइयो ।
यसपाली हाम्रो विद्यालय भौतिक रूपमा लागेको हुनाले असोज २१ गते देखि नै बिदा भयो । विद्यालय बिदा भएपछि म बाबाआमासँग दसैँका लागि नयाँ कपडा किन्न गएँ । मैले मेरा आफन्त र साथीहरूसँग भेट गर्ने अवसर पनि पाएँ ।   घरनजिकै पिङ राखेको थियो । पिङ खेल्ने मेरो चाहना पनि पूरा भयो । पिङ खेल्दा सुरु सुरुमा अलि डर लागेजस्तो भएको थियो तर निकै मज्जा आयो । साना भाइबहिनीसँग चङ्गा पनि उडाएँ । मैले भान्सामा आमालाई  खाना बनाउन पनि सहयोग गरेँ । आमा पनि निकै खुसी हुनुभयो ।  जे होस् यसपटक म मेरा साथीहरूसँग मात्र नभएर साना भाइबहिनीहरूसँग पनि खेलेँ । आफूभन्दा साना भाइबहिनीहरूसँग खेल्दा बेग्लै आनन्द हुँदो रहेछ  । 
सधैँ जस्तो दसैँमा आफूभन्दा ठुलाबडाको हातबाट टीका जमरा लगाउने र मामाघर जाने रमाइलो गर्ने त गरियो ; नै त्यसबाहेक घरका कतिपय काम गर्ने र सिक्ने  कुरा चाहिँ मेरो लागि नौलो रह्यो  । जे होस् घरका कामबाट पनि बेग्लै आनन्द लिन सकिदोँ  रहेछ भन्ने कुरा मैले अनुभव गरेँ  ।