Logo

Student Corner

किसानकाे रहर कविता समिक्षा

Written by: Sayoon Darlami - 29038, Grade V

Posted on: 30 November, 2021

किसानकाे रहर कविता कविता महेन्द्रमाला कक्षाः ५ बाट साभार गरिएकाे हाे । याे कविता जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित नेपाली पाठ्यपुस्तकमा पाठ्यसामग्रीका रूपमा पाठ चारमा राखिएकाे छ । किसानको रहर कवितामा कविले किसानको काम र विचारलाई अति नै सुन्दर ढङ्बाट प्रस्तुत गरेका छन्।
यो एउटा किसानको जीवनमा आधारित घटना हो । किसान धर्ती पुत्र हो। उसको सानो खेत, सानो बारी र सानै जहान परिवार छ। खेतबारीमा काम नगरी उनीहरुले खान पाउँदैनन्। हरेकदिन उकाली-ओराली गरिरहेका हुन्छन्। आफ्नो परिश्रमले आर्जन गरेको अन्न भित्र्याउने सपना बोकेर उनीहरु हरेक दुःख भुल्छन्। उनीहरुले आफ्नो जीवन जिउनको लागि आफ्नो खेतमा काम गर्छन्। ऊ हरेक मौसममा आफ्नो खेतबारीमा अन्न उमार्छ र त्यसैबाट आफ्नो गुजारा चलाउँछ। हलो ,जुवा र हातमा कोदाली उसको शोभा बनेको छ । असारमा ऊ धान रोप्छ, पानी लगाउँछ, गोडमेल गर्छ। घामपानी, तिर्खा,भोक केही नभनी उसको पुरै परिवार खेतमा काम गर्छन्। धानको पातमा शीतको थोपा पर्दा उनीहरु रमाउँछन्। धानका बाला सुनजस्तै  देखिन्छ। पाकेको धानका बाला नुहेर भुइँ  छोएको जब देखिन्छ तब गुणी मान्छे जो जहिले पनि आफू झुकेर अरूको सम्मान गर्छ भन्ने कुरा दर्शाउँछ। सेता सुन्दर हिमाललाई दाँतको लहरसँग तुलना गरेका छन्। यसरी हिमाली सुन्दरताको पनि बखान गरिएको छ।
यसरी किसानकाे रहर कविता झ्याउरे लयमा रचना गरिएकाे अत्यन्त उत्कृष्ठ, सरल र सरस तरिकाले रचना गरिएकाे छ ।