Logo

Student Corner

Written by: Kabin Rijal - 22010, Grade XII

Posted on: 29 November, 2021

सबैसामु म खुसी छु,
मेरो दुःख ममा सीमित छ, 
म कर्म गर्ने दौडमा छु, 
चाहे ७ जन्मसम्म नमिलोस् फल ।

चाहे मलाई माया गर्ने धेरै होलान्,
मेरो घाउमा मलम लगाउने म मात्र छु,
पक्षपाती दानव ठानुन् अरूले मलाई 
मलाई थाहा छ देउताको वास मैमा छ ।

संसार एकैचोटि हेर्ने दौडमा छैनँ म
मेरो आँखाले जे भ्याउँछ, म त्यही हेर्छु, 
सबैले मबाट खुसी नपाउन सक्छन्,
म झुटो बोल्न सक्तिनँ र
उनीहरू साँचो सुन्न सक्दैनन् ।

म यो कुराबाट परिचित छु,
जिन्दगीको बाटो हिँड्ने दौडमा म अवश्य लड्ने छु,
तर मलाई ममा विश्वास छ, 
म उठेर एक कदम अगाडि बढ्ने छु,
म छु, जे छु, त्यसैले त म, म हुँ ।