Logo

Student Corner

सम्पदा

Written by: Ojeshwi Gurung - 23029, Grade XI

Posted on: 29 November, 2021

सम्पदाको प्रतिविम्बमा हामी हुर्किएका हौँ,
इतिहासकै सहयोगमा हामी फुर्किएका छौँ ।

एउटा व्यक्ति मात्रै पनि युगको ज्योति हो,
हाम्रो पहिचान हाम्रो आफ्नै संस्कृति हो,
नजोगाए आफ्नै घर हामीकहाँ जाने
भुल्दै गए आफ्नै भाषा अरू कसले माने ?

हाम्रो रगत, पसिनाले बनेको छ देश
जोगाएर राख्नुपर्छ आफ्नो भाषाभेष
विश्वभरि नेपाललाई चिनाउनलाई पनि
म हुँ नेपाली भन्नलाई गर्वसाथ पनि
सम्पदाको संरक्षण गर्नुपर्छ राम्रो
सम्पदा नै नरहे बाँकी के नै रहन्छ र हाम्रो ?