Logo

Student Corner

कवि लेखनाथ पौड्याल

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 29 November, 2021

गण्डकी अञ्चलको कास्की जिल्लाको अर्घौँ अर्चले भन्ने ठाउँमा वि.सं. १९४१ पौष शुक्ल एकादशीका दिन लेखनाथ पौड्यालको जन्म भएको थियो । उनका बुबाको नाम पण्डित दुर्गादत्त पौड्याल र आमाको नाम वसुन्धरा पौड्याल थियो । लेखनाथले घरमै चण्डी र अमरकोश पढी प्रारम्भिक शिक्षा सुरु गरे । सात वर्षको उमेरदेखि नै कवितालाई भाका हालेर लेखनाथ पढ्ने गर्थे । 
१५ वर्षको उमेरमा लेखनाथ काठमाडौँ आई तीनधारा पाठशालामा भर्ना भए । त्यस पाठशालामा संस्कृतको अध्ययन गरी संस्कृत मै कविता लेख्ने गर्थे । बनारसबाट प्रकाशित हुने 'सुक्तिसुधा' कविता 'कल्पद्रुम' र 'सुन्दरी' मा लेखनाथका कविताहरू छापिए । लेखनाथका प्रतिभादेखि राममणि आ.दी. प्रभावित भए । राममणिकै माध्यमबाट लेखनाथ पौड्याल राणा दरबार पसेर भीम शमसेरका नातिहरूलाई पढाउन शिक्षक नियुक्त भए ।

लेखनाथले आफ्नो जीवनमा प्रशस्त कृतिहरू लेखी नेपाली साहित्यलाई उर्वर बनाउने काम गरेका छन् । उनका 'ऋऋतुविचार', 'बुद्धिविनोद', 'सत्यकलिसंवाद', 'लालित्य भाग- १ ,२  'गीताञ्जली', 'तरुणतपसी', 'गङ्गा गौरी', 'लक्ष्मीपूजा' आदि कृतिहरू प्रकाशित छन् । 
लेखनाथ पौड्यालले नेपाली साहित्यको जुन सेवा गरे त्यसवापत् उनलाई श्री ५ त्रिभुवनबाट २००८ सालमा 'कविशिरोमणि' पदले सम्मानित गरियो । २०११ साल पुस २० गते उनको जन्मोत्सवका दिन कवि र साहित्यकारहरू मिली उनलाई रथमा राखी रथयात्रा गरी टुँडिखेलको खरीको बोटमा अभिनन्दन गरियो । उनी नेपाली एकेडेमीको स्थापनाकाल २०१४ सालदेखि नै सदस्यमा मनोनित भई आजीवन एकेडेमीमा सदस्य रहे । २०२२ साल नै फागुन ७ गते शिवरात्रिका दिन चितवनको देवघाटमा लेखनाथको देहावसान भयो । ८१ वर्षसम्म बाँचेर लेखनाथ पौड्यालले नेपाली काव्यसाहित्यलाई एउटा निश्चित गति प्रदान गरे । मरणोप्रान्त लेखनाथ पौड्याललाई वि. सं. २०२६ सालमा तत्कालीन शाही नेपाल एकेडेमीले 'त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गर्यो । आज लेखनाथ पौड्याल हाम्रो अगाडि नभए पनि उनका कृतिहरूले गर्दा पनि नेपाली साहित्य आकाशमा चम्किला तारा बनेर रहिरहने छन्