Logo

Student Corner

गाउँको दसैँ

Written by: Suprabh Acharya - 27014, Grade VII

Posted on: 29 November, 2021

(सुप्रभ र विशाल दाजुभाइ हुन् । दाजु गाँउकाे  घरमा बस्छन् भने सुप्रभ सहरमा बस्छन् । उनीहरू दसैँको बारेमा  टेलिफोनमा संवाद गर्दै छन्।

सुप्रभ:  हेलाे दाजु । के छ खबर ? हेर्दा हेर्दै दसैँ नि आयो है ?

विशाल: ठिक छु भाइ, के छ तिम्राे ? हो त ! आज घटस्थापना हाे नि ।  यहाँ घरमा  जमरा राखिसकियो। त्यता नि ?

सुप्रभ: अँ साँच्चै ! आमाले हिजाे भन्दै हुनुहुन्थ्याे, घटस्थापना भनेर । गाँउकाे  घटस्थापना कस्ताे हुन्छ मलाई त थाहा नै छैन दाजु ? घटस्थापनामा के के गरिन्छ ?

विशाल: त्यँहाजस्तै हाे भाइ हुन त । बिहानै उठेर गाईकाे गाेबरले घर पोतेर घर शुद्ध बनाइन्छ । त्यसपछि चोखो माटो वा बालुवामा धान, मकै, गहु, तिल, जौजस्ता अन्नहरू राखिन्छ र पुजा गरी पुजाकोठामा राखिन्छ । राखेकाे जमराकाे सामानलाई घामले नभेटाेस भनेर घाम नपर्ने गरी टपरीले छोपिन्छ । त्यही जमरा दशमी वा टिकाको दिन लगाउने त हाे नि ।

सुप्रभ:  ए!  घर पोत्नु भनेको के हो दाजु ?  मैले त पहिलो पटक सुने त। यँहाकाे घर  पाेतेकाे त देखेकाे छैन त ?  

विशाल:  हा हा….., त्याे भनेकाे  नि गाउँमा रातो माटोमा गोबर मिसाएर घरलाई शुद्ध पर्ने काम गर्छन् । हाे त्यसैलाई घर पोत्नु भनिन्छ तर सहरमा यस्तो गर्दैनन् घरलाई सफा पानीले मात्र सफा गर्छन् । कसै कसैले चाँहि गाईकाे पिसाबमा पानी मिसाएर त्यसले पनि शुद्ध पार्ने चलन हुन्छ सहरमा ।

सुप्रभ: त्यही त है। गाउँ र सहरमा धेरै कुरा फरक हुन्छ भन्नुहुन्छ आमाले ।  भन्नु न दाजु के के हो ? मलाई त गाउँको बारेमा धेरै कुरा थाहा छैन।

विशाल: हो त नि ! गाँउ आऊ भन्दा मान्दैनाै, अनि कसरी थाहा हुनु त ? सुन,  गाउँमा त दसैँ आयो भनेपछि गाउँका केटाकेटीहरू लिङ्गे पिङ्ग हाल्ने भनेर बाबियाे खाेजेर, लट्टा बाट्छन्, सबै जना मिलेर बाँसका लिङ्गा गाड्छन्, अनि त्यसैमा लिङ्गे पिङ् बनाएर खेल्छन्,  रमाउँछन् ।  घर घरमा चिउरा बनाउनको लागि धान भिजाएर ढिक्कीमा कुट्छन्। केराका घरी घरी ल्याउँछन् । सबैका घरमा खसी काट्न ठुला ठुला खसी  पालेका हुन्छन्, नपालेकाले किनेर ल्याउछन् ।  सहरमा भएका सबैका छोराछोरीहरू पनि दसैँका लागि भनेर गाउँ घर फर्कन्छन्  अनि गाँउघर कस्ताे रमाइलाे हुन्छ ।

सुप्रभ: ओहो ! मलाई त यी सबै कुरा नँया र नौला भए । यहाँ सहरमा त सबै कुरा बजार गएर ल्याउने हो। चिउरा कुट्ने, खसी काट्ने, घर पोत्ने भन्ने कुरा त मलाई थाहा नै छैन दाजु ।   यँहा त छरछिमेकी पनि एक अर्काकाेमा आउँदैनन् । फुर्सद भयाे कि घुम्न जाने, तास खेेल्ने भन्छन् । पिङ पनि सबै ठाँउमा हुन्न ।  । गाँउमा गरेकाेजस्ताे  कुरा त मलाई त्यति थाहा भएन । खसी नि  पसलबाट मासु किनेर खाने हाे । अनि अरू के के हुन्छ दाजु, सुनाउनु न ।    

विशालः हाे नि भाइ, त्यही भएर त गाँउ आऊ भनेकाे नि । गाँउका मान्छे कति धेरै मिलनसार, सहयाेगी हुन्छन् । एकले अर्कालाई अप्ठ्याराे परेकाे बेला सहयाेग गर्छन् । सबैले मिलेर काम गर्छन् र सँगै रमाइलाे नि गर्छन् । हाम्राे घरमा नि कत्ति ठुलाे खसी छ । अष्टमीकाे दिन मार हान्ने भन्नु भएकाे छ हजुरबुबाले ।

सुप्रभः मार ??? के हाे नि त्याे भनेकाे फेरि ? लाै न याे दाजुले त के के भन्नु हुन्छ मलाई त बुझ्न नि गाह्राे  हुन्छ भन्या ?

विशालः मार भनेकाे नि दसैँमा खसी बाेका काट्ने काम हाे । दसैँकाे खसी काट्दा आँगनमा रेखी हालेर गुरुले पुजा गरेर अनि मार हान्ने गरिन्छ । कसैका घरमा अष्टमीका दिन मार हान्छन् भने कसैकाेमा नवमीकाे दिन । दसैँमा दुर्गा भगवतीलाई प्रसन्न बनाउँन यस्ताे गर्ने चलन छ ।

सुप्रभः अनि सबैकाेमा मार हान्नैपर्छ दाजु ?  कि कसै कसैले हान्दैनन् । हाम्राे यँहा त हान्नुहुन्न त ?

विशालः  गाँउमा प्रायः सबैले खसी बाेका मार हान्ने हाे । कसै कसैकाे घरमा चाँहि खसी बाेका मार हानेनन् भने कुभिन्डाे, घिराैलाे भए पनि काटेर दुर्गा भगवतीलाई वली चढाउने चलन छ । सबैकाे  एउटा माैला घर हुन्छ । त्यही गएर देवीकाे आरधना गर्छन् ।  

सुप्रभः लु दाजु याे पटक त हजुरले कस्ताे नाैलाे कुरा सुनाउनु भयाे । सुनेर मलाई त रमाइलाे नि लाग्याे, काैतुहल नि भयाे । यँहा त माैला घर सुनेकाे छैन मैले । यहाँ त दसैँमा दुर्गाकाे दर्शन गर्न भनेर मन्दिर गएकाे चाँहि थाहा छ । दक्षिणकाली,  शाेभा भगवती, मैतीदेवी, नक्साल भगवती, तलेजु मन्दिर, भद्रकाली ।  ओहाे!  यस्ता कुरा थाहा पाउन अर्काे दसैँमा चाँहि आमा, बाबालाई भनेर हामी पनि गाँउकै घर आउने हाे । अनि सबै कुरा हेरेर रमाइलाे गराैँला ल ।

विशालः ल ल भाइ पक्का आऊ ल ।  गाँउमा त हाे नि आफ्नाे रीतिरिवाज, चालचलन, धर्म सस्कृतिकाे बारेमा थाहा पाउने । गाँउमा यी सबै कुरालाई जगेर्ना गरेर राखेका हुन्छन् । ल त सबैलाई दसैँकाे शुभकामना । त्यँहा नि राम्ररी दसैँ मनाउ है । अर्काे साल सँगै रमाइलाे गराैँला ।

सुप्रभः हुन्छ दाजु । नमस्कार । हजुरलाई र हजुरआमा, हजुरबुबालाई पनि दसैँकाे शुभकामना ।

( यति भनेपछि दुबैले टेलिफाेनवार्ता टुङ्याउँछन् ।)