Logo

Student Corner

तर्साउने केटो

Written by: Joyana Thapa - 31010, Grade III

Posted on: 29 November, 2021

तर्साउने केटो पुस्तक जेठ महिनामा मासिक पुस्तकको रूपमा हामीले पढ्याैँ । यस कथाम एकजना केटाे हुन्छन् उनकाे नाम रिङ्कु हुन्छ । रिङ्कुलाई तर्साउन रमाइलो लाग्छ । घरमा पाहुना आएका बेलामा उसले  दिदीलाई तर्साउँछ । दिदीका हातबाट सिसाका कपहरू खसेर फुट्छन् । आमाले रिङ्कुलाई “तर्साउने काम राम्राे हाेइन” भनेर सम्झाउनुहुन्छ तर रिङ्कुले भोलिपल्ट नै स्कुलमा गएर बेन्चमुनि बसेर साथीहरूलाई तर्साउँछ । अब रिङ्कु झन हौसिन थाल्छ । रिङ्कुले आफ्ना कक्षाका  साथीहरूका साथै ठुला कक्षाका दाइ दिदीहरूलाई पनि तर्साउँछ । उसले पुस्तकालयमा सरलाई पनि तर्साउँछ । एक दिन उसले गुरुआमालाई  तर्साउँदा गुरुआमा भर्‍याङबाट लड्नुहुन्छ र अस्पताल लगिन्छ । रिङ्कुले तर्साएको कुरामा पश्चाताप मान्छ । उसलाई तर्साएर मज्जा लाग्दैन अब कसैलाई पनि नतर्साउने बाचा उसले सरसँग गर्छ । कक्षामा ऊ रुन पनि थाल्छ । रिङ्कुले झुटो नबोलेकाे देखेर शिक्षक खुसी हुनुहुन्छ र उसका साथीहरू पनि खुसी हुन्छन् ।