Logo

Student Corner

कठिन छ जीवन

Written by: Smriti Lama - 25015, Grade IX

Posted on: 26 November, 2021

आनन्दित छ;  मन कठिन छ जीवन ,

मायाले भरौँ मन गरौँ यो कुरा मनन  । 

सोचे जस्तो सरल छैन;  यो जीवन ,

माया नै हो ठुलो होइन ठुलो धन  ।। 


 

हिम्मत नहार्नु नै हो मानव जीवन ,

हिम्मतविना छैन केही भविष्यको मिलन। 

मिहिनेत गर्नै पर्छ मानिसको जीवन ,

जिउनु छ जीवन धेरै नगरौँ दोमन ।। 


 

भन्छन् सबै जीवन छ कठिन ,

बच्चा होस् या बुढो चाहे जस्तो छैन  जीवन 

कठिन छ भन्दै नहुनु है निराश, 

छैन है जीवन सोचे जस्तो खास।। 


 

कसरी व्यक्त गरूँ  जीवनको कठिनाइ  ,

धीरता राखेर काम गरौँ यही छ मेरो भनाइ । 

सोच्छु एक्लै कसको जीवन कठिन छैन होला र ?

कठिन नै नभएको जीवन के जीवन होला र ?