Logo

Student Corner

मनका गोप्य कुरा

Written by: Aswin Siwakoti - 23014, Grade XI

Posted on: 26 November, 2021

खाइलाग्दो यस उमेरमा पिरहरूले सताउँछन्,
कसलाई भनूँ म, के भनूँ र यो मनले शान्ति पाउँछ ?
जति गरे, जे गरे पनि अघि बढ्न सकिनँ,
दुःख, कष्ट र पीडामा बितिजाने भयो यो जीवन ।

अनेकौँ कुराहरूलाई खेलाउँछ यो मन
कहिले यता कहिले उता 
हावा लाग्दा खेतका धानका लहर जसरी
भौतारिरहन्छ यो मन ।

बिर्साउन पनि सक्दिनँ र
बिर्सिन पनि सक्दिनँ, 
छन् धेरै याद मेरा हार र जितका
मेरा हाँसो र खुसीका
बरु लगाइदिन्छु एउटा सानो ताल्चा
र गोप्य बनिरहोस् मेरो मनमा ।

आशा छ कि भेट्ने छु कोही
जसले फुटाइदिने छ याे पत्थरकाे मुटुलाई
अनि बगिजाने छन् मेरा गोप्य कुरा खोलासरि 
जाने छु टाढा कोही नपुगेको ठाउँमा हावासरि 
जहाँ रहने छाैँ मात्र म र मेरा गोप्य कुरा ।।