Logo

Student Corner

स्वाभिमानी नेपाली

Written by: Simon Sangat - 22019, Grade XII

Posted on: 26 November, 2021

नेपाली भएर नेपालीपन छैन भने
त्यो नेपाली नै होइन ।
नेपाली पहिरनलाई लत्याउने
त्यो नेपाली नै कहलिँदैन ।

देशको अस्तित्वकाे रणभूमिमा पछि हट्ने
त्यो वीर गोर्खाली नै होइन ।
नेपाली राष्ट्रिय गीत गाउन छोडी 
विदेशी गीत गाउने
त्यो नेपाल आमाको सन्तान नै होइन,
नेपाल आमालाई बेचिखाने
त्यो राष्ट्रप्रेमी नै होइन ।

भृकुटी, बलभद्र, भीमसेन थापा बन्न नसक्ने
त्यो वीर नेपाली नै होइन ।
नेपाली चेलीको रक्षा नगर्ने 
अनैतिक र कुकार्यमा लाग्ने
न त नेपाली नै हुन सक्छ, 
न त कुनै देशभक्त
त्यस्तालाई नै म भन्छु, ‘राष्ट्रघाती दुष्ट !’