Logo

Student Corner

फरक मानिस, फरक भगवान्

Written by: Anshu Niroula - 23009, Grade XI

Posted on: 25 November, 2021

मान्छे हामी एक हौँ,
किन फरक छ जात ?
संसार हाम्रो एक हो,
किन भेदभाव ?

रगत त सबैको रातो हुन्छ,
धर्म किन फरक छ ?
शरीर त हड्डी, मासु र छालाकै हुन्छ,
राम्रो, नराम्रो किन कोही छ ?

पापी दुनियाँमा बच्ने हामी,
मायाको खोजीमा किन छौँ ?
मायाको नाममा,
धोका कसरी सहेका छौँ ?

उही धर्ती, उही मानिस,
सबको भगवान् फरक छन् त ?
शान्ति चाहन्छौँ हामी,
कसैको भगवान्‌ले चाहँदैनन् र ?