Logo

Student Corner

देशविकासमा विद्यार्थीको भूमिका

Written by: Muskan Singh - 24003, Grade X

Posted on: 25 November, 2021

देश विकासका मुख्य आधार भनेका विद्यार्थी नै हुन् । कुनै पनि देशको विकासमा विद्यार्थीको भूमिमा महत्त्वपूर्ण हुन्छ । आजका विद्यार्थीले नै भोलिका दिनमा देशको सम्पूर्ण दायित्व आफ्नो काँधमा लिने हुँदा देशको भविष्य उनीहरूको काँधमा हुन्छ ।  हुनत देशको विकास कुनै एक वर्गबाट मात्र हुन सक्दैन । देशको चौतर्फी विकासको लागि शिक्षक पत्रकार नेता, अभिनेता, डाक्टर, समाजसेवी, बुद्धिजीवी सबैको महत्त्वपूर्ण भूमिका हुन्छ नै । यी मध्ये पनि विद्यार्थीको भूमिका अहम् नै हुन्छ । आजका विद्यार्थी नै भोलिका हरेक क्षेत्र र समुदायका अगुवा हुन् । 
देशको महत्त्वपूर्ण क्षेत्र शिक्षा र स्वास्थ्य सुधारका लागि पनि आजका विद्यार्थीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। आजका विद्यार्थी नै भोलिका देशका  शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, नेता, अभिनेता र समाजसेवी हुन् । त्यसैले समग्र देशको उन्नतिका लागि विद्यार्थीको अहम् भूमिका हुने कुरा निश्चित छ । हुनत विद्यार्थी जीवन भनेको पढ्ने र लेख्ने समय हो । यस समयमा विद्यार्थीले अरूतिर ध्यान दिनुहुन्न । तर पढाइबाहेकका अतिरिक्त  क्रियाकलापले पनि विद्यार्थीमा ज्ञान बढाउँछ भन्ने कुरा पनि बिर्सनु हुँदैन  ।  पढाइ मुख्य कुरो हुँदा हुँदै पनि विद्यार्थीको चौतर्फी विकासका लागि विद्यार्थीले  हरेक सार्वजनिक सरोकारका विषयमा सकेसम्म चासो राख्ने गर्नुपर्छ । विद्यार्थी जीवन भनेको कुमालेको काँचो माटो जस्तै हो । उनीहरूलाई जस्तो आकार र रूप दियो उनीहरू त्यस्तै बन्छन् । उनीहरू असल भविष्य निर्माणका लागि सक्षम हुन्छन् । असल र चरित्रवान् विद्यार्थीले नै समाज र राष्ट्रका लागि ठोस योगदान दिन सक्छन् भन्ने कुरामा कुनै दुई मत छैन ।
वर्तमानमा अवस्थामा बलजफ्ती कलिला बालबालिकाहरूलाई राजनीतिक दलले पार्टीको झण्डा बोकाउने प्रवृत्ति छ । जुन कुरा उनीहरूले राम्ररी बुझेका छन् वा छैनन् भन्ने कुरालाई ख्याल नगरिकन यस्ता कार्य गराउने बानी राम्रो होइन ।  तसर्थ आजका विद्यार्थीलाई सत् ज्ञान र असल चरित्र निर्माणको मार्ग दर्शन गर्नु नै आजको आवश्कता हो  ।