Logo

Student Corner

मलाई मन पर्ने चाड

Written by: Aadhya Shri Poudel - 30001, Grade IV

Posted on: 25 November, 2021

हाम्राे देश धेरै जातजाति भएकाे देश हाे । धेरै जातजातिले  आआफ्ना चाडपर्वहरू मनाउँछन् । म हिन्दू धर्म मान्ने भएकाले हामीहरूले पनि धेरै प्रकारका चाडहरू मनाउने चलन छ । धेरै चाडपर्वहरूमध्ये मेराे मन पर्ने चाड हाेली हाे । याे चाडलाई रङकाे चाडका रूपमा देशैभरि मनाइन्छ । कतिपय मानिसहरू पानी छ्यापेर पनि खेल्ने गर्छन् । यस चाडमा हामीहरू एकअर्कासँग रङ लगाएर, शुभकामना साटासाट गरेर  मनाउने गर्छाैँ । मिठामिठा खानेकुरा पकाएर खाने, आफन्त ,साथीभाइ जम्मा भएर हाेली खेल्ने भएकाले मलाई हाेली धेरै मन पर्छ ।