Logo

Student Corner

तर्साउने केटाे

Written by: Sambhabi Mainali - 31037, Grade III

Posted on: 25 November, 2021

तर्साउने केटाे रमाइलो कथा हो । यस कथाका लेखिका गङ्गा पौडेल हुनुहुन्छ । यस कथामा एउटा केटो हुन्छ । उसको नाम रिङ्कु हुन्छ । ऊ कक्षा एकमा पढ्छ । उसलाई उट्पट्याङ काम गर्न मन लाग्छ । उसले घरमा पाहुनाहरू आएको बेलामा दिदीलाई तर्साउँछ । उसका हातबाट कपहरू खसेर फुट्छन् । रिङ्कुले स्कुलमा साथीहरूलाई पनि तर्साउँछ । रिङ्कुले स्कुलमा शिक्षकलाई पनि तर्साउँछ । शिक्षिकालाई भर्‍याङ  चढ्दा पनि ‘हाउ’ गरी तर्साउँछ । शिक्षिकालाई अस्पताल लगिन्छ । अब रिङ्कुलाई पश्चाताप हुन्छ । रिङ्कुले पढाइमा ध्यान दिँदैन र कक्षामा ऊ रुन थाल्छ । उसले शिक्षकको अगाडि भन्छ “अबदेखि म तर्साउँदिनँ,  मलाई माफ गरिदिनुस्, आज मलाई धेरै दुःख लाग्याे ” भनेर उसले बाचा पनि गर्छ ।