Logo

Student Corner

नेपाल जलविद्युत् प्राधिकरण

Written by: Rakshit Dahal - 22023, Grade XII

Posted on: 24 November, 2021

नेपालमा केही महिनाअगाडिदेखि देशका विभिन्न ठाउँहरूमा बत्ती आउने जाने हुँदै आएको थियाे । चार वर्षअगाडि लाेडसेडिङ्ग समाप्त भएको देशमा बिचमा यस्तो स्थिति फेरि देखिन आइपुगेको थियाे । कुलमन घिसिङ्गले आफ्नो बेलामा लाेडसेडिङ्ग समाप्त गर्ने मात्र होइन, देशको आर्थिक स्थिति पनि बलियो बनाउँदै थिए । हाम्रो देशले जलविद्युत्‌बाट धेरै नाफा कमाउँदै थियो । आफ्नो ४ वर्षको कार्यकाल अन्त्य भएपछि हेमन्त शाक्य नेपाल जलविद्युत् प्राधिकरणको नयाँ प्रबन्ध निर्देशक हुन पुगे । शाक्यकै कार्यकालमा फेरि लाेडसेडिङ्ग हुने स्थिति देखिएकाे थियाे तर पछि व्यापक जनदबाबका कारण कुलमान घिसिङ नेपाल जलविद्युत् प्राधिकरणकाे निर्देशकमा पुनः नियुक्त भएपछि लाेडसेडिङ्ग हटेकाे छ ।  

नेपालमा जलविद्युत् प्राधिकरणको राम्रो उपयोग नगरेमा देशले धेरैभन्दा धेरै हानि व्यहाेर्नुपर्ने हुन्छ । भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ जब कि नेपालमा जलविद्युत् निकाल्न प्रयोग नभएका खोलानालाहरू कयाैँ छन् । नेपालमा इन्भर्टरजस्ता सामग्रीहरूको व्यापार बढ्न पुग्छ, जसले गर्दा यसको पुरा नाफा भारत र चिनलाई हुन्छ । धनीहरूसामु बत्ती आइपुग्छ भने गरिब जनताहरूका लागि हुन्छ त केवल अन्धकार !

शेरबहादुर देउबाको सरकार आएपछि उनले धेरै आलोचना सहनुपर्यो । हाम्रो देशमा कुनै पनि सरकार राम्रो नभए पनि शेरबहादुर देउबाले कुलमान घिसिङ्गलाई फेरि नेपाल जलविद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक बनाउने निर्देशन दिएका थिए जसकाे फलस्वरूप कुलमान घिसिङ्ग पुनः नेपाल जलविद्युत् प्राधिकरणकाे निर्देशक पदमा नियुक्त भए । जलविद्युत्‌काे क्षेत्रमा केही राम्रो काम हुने आशा नेपाली जनताहरूमा फेरि पलायाे । देउबाले याे कामका लागि इन्स्टाग्राम, फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जालमा बधाई र राम्रा सन्देशहरू पाए । केही राम्राे काम गर्ने हाे भने नेपाली जनताको मन जित्न त्यति गाह्राे पनि हुँदाे रहेनछ । आशा छ, आगामी दिनहरूमा पनि कुलमान घिसिङ्गले यस्तै राम्रा कामहरू गर्दै जाने छन् र नेपाल जलविद्युत् प्राधिकरणलाई नयाँ उचाइमा पुर्याउने छन् ।