Logo

Student Corner

म रजश्वला

Written by: Roshan Prasai - 23070, Grade XI

Posted on: 24 November, 2021

म रजश्वला, अशुद्ध त हैन तर बनेकी छु नि 
म रजश्वला, अशुद्ध त होइन तर बनेकी छु नि।

बिहे गरेको केही महिनापछि नै भन्न थाल्छन्, ‘अब त बच्चाबारे सोच्नुपर्छ नि ।’ 
परिवारको अंश र वंश अगाडि बढाउने त्यो बच्चा जन्माउनु जायज अरे,
त्यो बच्चा पाउन कयौँ पटक रातो रगतमा भिजेकी म नाजायज अरे ।
(म रजश्वला, अशुद्ध त होइन तर बनेकी त छु नि ।) २

मुर्छा पर्ने गरी त्यो तल्लो पेटको दुखाइ, असीमित धारा त्यो रगतको बगाइ
कमजोर शरीर मेरो अरूभन्दा भिन्नै प्रकारको पीडा 
तर अरू मान्छेलाई थाहा हुनुभएन नि ।
त्यो सारा दुःख ठुलो मुस्कानले दबाएकै छु नि ।
(म रजश्वला, अशुद्ध त होइन तर बनेकी छु नि ।) २

दुर्गा, लक्ष्मी अनि सरस्वती ! यिनीहरू पनि जगत्‌जननी हुन्, 
रजश्वला पक्कै होला यिनीहरूलाई पनि !
पूजा, आराधना बाह्रै महिना गर्न हुने यिनीहरूको
(तर केबल) २ रातोले छुँदा वर्ष दिनमा आउने पर्वमा रातो निधार रङ्ग्याउन नपाउने म ।
(म रजश्वला, अशुद्ध त होइन तर बनेकी छु नि ।) २

सृष्टिको सिर्जना मैबाट हुन्छ, 
नयाँ जीवनको प्रारम्भ मेरै कारण हुन्छ
तर त्यहाँ छुनु हुँदैन, त्यहाँ जानु हुँदैन, पूजा गर्नु हुँदैन,
यो सात दिन म आफैँ छुन नमिल्ने, नछुने हुन्छु ।
(म रजश्वला, अशुद्ध त होइन तर बनेकी त छु नि ।) २

छाउपडी, समाजका विश्वास भनाउँदा जिनिस 
अनि अहिले त झन यो प्याडको मूल्यको बढाइ,
जसका कारण चेलीहरू मर्छन् 
अनि अन्तिममा भन्दिने गर्छन्, ‘ए, यो त रजश्वलाका कारण मरिछ ।’

म रजश्वला, अशुद्ध त होइन तर बनेकी छु नि ।
म रजश्वला, मेरो दोष त केही छैन तर गुनेगार त बनेकी छु नि, 
अशुद्ध त बनेकी छु नि ।
म रजश्वला .......