Logo

Student Corner

प्रकृति

Written by: Estella Shrestha - 24007, Grade X

Posted on: 24 November, 2021

खोलानाला जीवजन्तु र हरियो वन 
प्रकृतिको सुन्दरताले लोभियो मेरो मन। 
यता हेर्‍यो हरियाली उता हेर्‍यो नदीनाला
रमाउँदै मेरो मन भन्छ; अन्त कतै नजा ।।

कोइली गाउँछ, मयुर नाच्छ माथि पहाडमा
रङ्‌गीचङ्गी फूल फुल्छन् यही देशको माथमा । 
मन लोभ्याउँछ छहरा र झरनाको मिठो सुसेलीले
चिर्बिर गर्दै गीत गाउँछे सानी जुरेलीले  ।।

थुप्रै कति फुलेका ती सेता हिमालहरू
मुस्कुराउँछन् तिनलाई हेरी पर्यटकहरू । 
चारकोसे झाडीभित्र नाच्छन् डाँफे मुनाल
पहाडको शिरमा हाँस्दै फुल्यो रातो गुराँस ।।  

जुनतारा लुकामारी खेल्छन् रातभर
हरियाली वसन्तमा खुसी वरपर । 
जति हेरे पनि कहिल्यै अघाएनन् आँखा
कति राम्रो सुन्दरता हरिया ती पाखा ।।