Logo

Student Corner

आमा

Written by: Prathana Kshetri - 29021, Grade V

Posted on: 24 November, 2021

आमा एक महान व्यक्ति हुन जसले हामीलाई यस सुन्दर संसारमा जन्म दिएकी हुन्छिन् । उनी सबैकाे जीवनमा पक्कै पनि महत्वपूर्ण नै हुन्छिन । आमाकाे मायासँग अरू कुनै कुराकाे तुलना नै हुँदैन । उनी प्रकृतिजस्तै हुन जसले बदलामा केही पनि माग्दिनन् ।आमा आफ्नाे बच्चाकाे सुरक्षाका लागि जुनसुकै सीमा पार गर्न तयार रहन्छिन् । आमाले बच्चाका कुरा उसले भन्नुभन्दा पनि पहिला नै बुझ्दछिन् । त्यसैले त उनी महान् छिन्।
पृथ्वीमा कुनै भगवान छन् भने जिउँदाे भगवानका रूपमा आमालाई मान्न सकिन्छ ।
आमाले नाै महिना काेखमा राखेर जन्माइसकेपछि पनि जीवनभर सन्तानकै लागि आफ्नाे जीवन समर्पण गर्न सक्छिन् । मेराे सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान छ ।