Logo

Student Corner

बगैँचा

Written by: Sushant Pokharel - 32020, Grade II

Posted on: 24 November, 2021

मामाघरको नजिकै फूलकै हो फलैंचा
मन प‍र्‍याे मलाई त कति राम्रो बगैँचा
चमेली र बाबरी लहरै छन् फुलेका
पुतली र भँगेरी रसैमा छन् भुलेका
घाँसको सानो पोथ्रामा सानो भाइ लुकेको
सानो भाइलाई देखेर हाम्रो छाउरो भुकेको
गमला र फूलहरू मिलाएर राखेका
ठूला रुख आँपका लटरम्मै पाकेका
सुन्तलाको रुखमा फिस्टे चरी करायो
अहिले मलाई हेर्दै थियो एकैछिनमा हरायो
भाइ बहिनी रमाउँछन् चिप्लेटी र पिङमा
जान अझै रमाइलो शनिबारको दिनमा
भमरा र मौरीले गीत भुनभुनाउँछ
हजुरबाको कथा सुन्न सारै मजा आउँछ ।