Logo

Student Corner

किताब

Written by: Tatsam Gautam - 23045, Grade XI

Posted on: 23 November, 2021

म बच्चादेखि बुढा सबैसँग बस्छु,
म कसैको घरमा धेरै त कसैको घरमा थोरै रहन्छु,
मलाई समाजमा धेरै इज्जत दिन्छन्,
मेरो कारणले धेरै मानिस विद्वान् बन्छन् ।

कसैले मलाई जथाभाबी फ्याल्दिन्छन्,
कसैले मलाई गाता लगाई राख्दिन्छन्,
कसैले त मलाई पूजा गरी राख्छन्,
र कसैले त मलाई सामान बेच्न प्रयोग गर्छन् ।


मेरा कथाहरू सुनाएर बच्चाहरू सुताइन्छन्,
मेरा जीवनीहरू पढेर कसैका आँखाहरू खोलिन्छन्,
जति नै इन्टरनेटको प्रयोग बढे पनि मलाई कसैले बिर्सिँदैनन्,
इन्टरनेटमा नपाइने कुरा मेरो उपस्थितिमा उपलब्ध हुन्छन् ।