Logo

Student Corner

रिभर्स साइकोलोजी

Written by: Shashwat Poudel - 33036, Grade XI

Posted on: 22 November, 2021

यो लेख पढ्नुभन्दा पहिले म तपाईंसामु एक प्रस्ताव राख्न चाहन्छु । केवल केही बेरसम्म माछाको बारेमा नसोच्नुस् । जे हुन्छ, जसो हुन्छ, माछाको बारेमा सोच्दै नसोच्नुस् । के तपाईं यो कार्य गर्न सक्नुहुन्छ ? कि तपाईंलाई अहिले मनमा माछाभन्दा अरू केही पनि आइरहेको छैन ? यदि तपाईंले माछाको बारेमा सोच्नुभयो भने तपाईं यो कसरी भयो ? भनेर बसिरहनुभएको छ होला । यो कुरा तपाईंलाई मात्र होइन, धेरै मानिसलाई हुने गर्दछ ।  

एक परीक्षणमा सहभागीहरूलाई यही भनिएको थियो । उनीहरूलाई शिक्षकले केही बेरका लागि “सेतो भालु” को बारेमा नसोच्नुहोस् भनेर भनेका थिए | उनीहरूले पनि सेतो भालुलाई आफ्नो मस्तिष्कबाट निकाल्न सक्षम भएनन् । उनीहरूले जति प्रयास गरे पनि उनीहरूको दिमागमा सेतो भालुले ठाउँ पायो । उनीहरूले आफू विभिन्न ठाउँमा रमाएको दृश्य पनि सोच्ने प्रयास गरे तर त्यति गर्दा पनि उनीहरूले सेतो भालुलाई वरिपरि देखे । 

अर्को उदाहरण हो, बेलायतका राजाहरूको । धेरै समय बेलायतीहरूले आलु मन पराउँदैनथे । बेलायत सरकारले आलुको क्षमता देखेकाे थियाे र बेलायती नागरिकलाई आलु रोप्ने र खाने आदेश दियाे । यो आदेश सुनेर बेलायती नागरिकले आफ्नो गुनासो जनाए र भने, “आलुको न त बास्ना नै छ; न स्वाद नै छ । कुकुरहरूले पनि आलु खान मान्दैनन् । यस्तो तरकारीले हामीलाई के फाइदा हुन्छ ?” यो सुनेर राजा फ्रेड्रिक द ग्रेटले आलुको सही तरिकाले उपयुक्त खेतीपाती गर्ने ठाउँ बनाए । उनले यो ठाउँमा चौबिसै घण्टा तैनाथ गार्डहरू राखे । राजाको यस्तो स्वभाव देखेर त्यहाँका मानिसहरू सशङ्कित भएर सोचे कि यहाँ के कुरा यस्तो मुल्यवान् छ होला कि त्यसलाई यस्तो सुरक्षा चाहिन्छ ? यो घटनापछि केही दिनमै आलुको कालो बजारी सुरु भएको थियो । चोरहरूले आलु फार्मबाट चोरेर बजारमा धेरै मूल्यमा बेच्दै थिए । फ्रेड्रिक द ग्रेटको योजना आश्चर्यजनक रूपमा सफल भएको थियो । हिजोसम्म स्वाद नभएको तरकारी रातारात सबैको बारीमा फल्न थाल्यो र मानिसहरू आफैँले यसको खेती गर्न थाले । कालो बजारी पनि हरायो ।    

यो भनेको रिभर्स साइकोलोजी अथवा उल्टो मनोविज्ञानको करतुत हो । हामी मानिसलाई जे नगर भन्यो, त्यही गर्न मन लाग्छ । उल्टो मनोविज्ञान भनेको कुनै व्यक्तिलाई चाहेको कुराको विपरीत भनेर कार्य गराउने प्रक्रिया हो । उल्टो मनोविज्ञान रियाक्टेन्ट्स् भन्ने सिद्धान्तको वरिपरि पर्छ । रियाक्टेन्ट्स् भनेको हाम्रो अधिकार छिनिने डर हो । जब हामीलाई अधिकार छिनिने डर हुन्छ, तब हामी त्यो परिदृश्यमा आफ्नो आधिकार फिर्ता ल्याउनका लागि मरिहत्ते गर्छौं । तपाईं अब सोच्दै हुनुहुन्छ होला, यस्तो कहाँ जीवनमा हुन्छ र ? धेरैजसो हास्य लेखमा रिभर्स साइकोलोजी भेट्ने गरिन्छ । उल्टो मनोविज्ञानले स-साना बच्चाहरूमा धेरै काम गरेको देखिन्छ । हामीले बच्चाहरूलाई तरकारी खान लगायौँ भने बच्चाहरूले त्यो तरकारी छुँदा पनि छुँदैनन् तर उनीहरूलाई त्यो तरकारी खान नदिने हो भने एक्कासि उनीहरूको मन परिवर्तन हुन्छ र उनीहरू खान थाल्छन् ।

अन्त्यमा, उल्टो मनोविज्ञानले हाम्रो जीवनमा धेरै सकारात्मक कुराहरू गर्न सहयोग गर्दछ । उल्टो मनोविज्ञानको बारेमा अचम्मको कुरा यो हो कि हामीले यो प्रक्रियालाई सोचेभन्दा बढी प्रयोग गर्दछौँ । यो हामी अज्ञात रूपमा प्रयोग गरिरहेका हुन्छौँ तर आफू वरिपरि भएका साथीहरूको सोच बदल्ने सरल र राम्रैसँग गर्न सके भरपर्दो प्रक्रिया हो । आज धेरैजसो विज्ञापनहरूले यसै सिद्धान्तलाई  प्रयोग गरेर सफल भएका छन् ।