Logo

Student Corner

सपना साकार

Written by: Sameep Krishu Maharjan - 25020, Grade IX

Posted on: 22 November, 2021

हरि र कृष्ण सानैदेखि  अति मिलनसार एउटै गाउँमा बस्ने घनिष्ठ साथीहरू थिए । उनीहरू सानैदेखि एउटै विद्यालय एउटै कक्षामा पढ्थे  । कक्षामा पनि सँगै बस्थे । उनीहरूको पढाइमा खुबै रुचि थियो । उनीहरूको आर्थिक अवस्था भने त्यति राम्रो थिएन ।  एकआपसमा खुबै मिल्थे । 
उनीहरूको गाउँमा बिजुली थिएन । त्यो गाउँमा एउटा मात्र विद्यालय थियो।  जहाँ १० कक्षासम्म मात्र पढाइ हुन्थ्यो  । उनीहरू जीवनमा केही गरेर देखाउन चाहन्थे । उनीहरूका बाबुआमाले मेलापात गरेर जेनतेन कक्षा १० कक्षासम्म पढाए । त्योभन्दा माथि पढाउने उनीहरूको परिवारको क्षमता थिएन  ।  आफ्नो परिवारको क्षमता पनि उनीहरूले नबुझेका होइनन् । त्यसैले उनीहरूले केही काम गर्दै उच्च शिक्षा लिने योजना बनाए  । उच्च शिक्षाका लागि गाउँबाट टाढा सहर जानुपर्थ्यो  । उनीहरू सहर जाने निधो गरे । 
एक दिन बिहानै उठेर हरि र कृष्ण सहरतर्फ लागे । नयाँ ठाउँमा कहाँ जाने र के काम गर्ने भन्ने अन्योल भयो । केही पैसा त ल्याएका थिए तर त्यसले उनीहरूलाई एक महिनासम्म खान र बस्न पनि पुग्दैनथ्यो । त्यस रात होटलमा बसेपछि भोलिपल्ट बिहानदेखि कोठा खोज्न हिँडे । कोठा पाए र आफ्ना काम पनि खोज्न थाले । होटलमा बेलुका को समयमा काम गर्ने योजना बनाए आफूले चाहे तस्तो काम पनि पाए त्यसबाट उनीहरूको दैनिकी चल्न थाल्यो । अब कामसँगै पढ्ने कलेज खोजे र विज्ञान विषय लिएर पढ्न थाले । 
बाह्र कक्षापछि इन्जिनियरिङ पढ्न थाले । उनीहरूको पढाइ प्रतिको लगाव देखेर सबै छक्क पर्थे । उनीहरूको योजना भनेको गाउँलाई उज्यालो बनाउनु थियो । तर त्यसका लागि रकमको अभाव थियो । पढाइ सकेपछि उनीहरूले एउटा प्रोजेक्ट बनाएर एउटा गैर सरकारी संस्थामा बुझाए । त्यो संस्थाको सहयोगमा उनीहरू हावाबाट बिजुली निकाल्न सफल भए । सारा गाउँ नै उज्यालो भयो । उनीहरूका बुबाआमा पनि निकै खुसी भए । उनीहरूलाई विभिन्न सङ्घ संस्थाले सम्मान गरे । अब गाउँलेहरूबाट थोरै रकम लिन थाले केही सरकारलाई कर बुझाउन थाले । बाँकी पैसा त्यसको मर्मत र कर्मचारी खर्चमा लगाए। त्यसपछि अरू नयाँ नयाँ कुराको खोजीमा लागे । आफ्नो सपना पूरा भएकोमा उनीहरू निकै खुसी थिए।