Logo

Student Corner

मेरी आमा

Written by: Aaniya Poudel - 27002, Grade VII

Posted on: 22 November, 2021

आमा मेरी फूलबारी म हुँ त्यसको फूल
माफी दिन्छिन् कहिलेकाहीँ गर्दा मैले  भुल
आमा मलाई थोरै होइन माया गर्छिन धेरै
जहाँ जाँदा पनि जान्छिन् उनले  मलाई लेरै

आमा मेरी जगत हुन् म त उनको जुन
मेराे दुख देख्दा खेरि थाल्छिन् उनी रुन
जगतको सबै खुसी मेरी आमा उनी
हसाइदिन्छु जति छन् यो जगतमा रुनी

आमा तिमी धर्ती मेरी म हुँ तिम्रो आकाश 
रातमा लाग्ने तारा जस्तै दिन्छ्यौ दिनमा प्रकाश
आमा तिमी घाम भए म  हुँ तिम्रो छाया
यसरी नै रहिरहोस सधै हाम्रो माया

आमा तिमी सधैँ  मेरी ममताको खानी
तिम्रो माया अपार छ कसैले न जान्ने
आमा शब्द बोल्दाखेरि  तोते बोली राम्रो
तिमी नै  हाै जिन्दगी र सारा संसार हाम्रो

आमा तिम्रो ममताले संसार जितिदिन्छ
तिम्रो मिठाे मुस्कानले मनै खुसी हुन्छ
कहिले आमा भन्लान् भनी बस्छ्यौ तिमी पर्खी
आमा शब्द सुन्दा मेराे मनै हुन्छ हर्षित