Logo

Student Corner

मेरो परिवार

Written by: Nirvik Gurung - 32022, Grade II

Posted on: 22 November, 2021

मेरो सानो परिवार 
मिलिजुली बस्छाैँ सँधैभर
सातजना हामी छौँ
हाँसी खुसी बसेका छौँ ।

बाजे बज्यै पूजापाठ 
काका पढ्छन् कक्षा आठ
म चाहिँ पढ्छु दुईमा 
बहिनी बस्छे भुईंमा ।

बाबा जानुहुन्छ अफिसमा 
आमा रमाउने बारीमा 
फलाउँछिन् तरकारी 
आफ्नै बारीमा ।

रमाइलाे गरी बिताउँछाैँ
हाम्रो शनिवार 
सानो राम्रो छ नि
हाम्रो परिवार ।