Logo

Student Corner

तिमी

Written by: Arunesh Manandhar - 22002, Grade XI

Posted on: 19 November, 2021

तिमी नै त हौ,
मेरो चोटमा रोइदिने
आफैँ दुखाइ सहिदिने
आमा ! तिमी नै त हाै ।

सफलतामा गर्व गर्दै
हसाउँदै तिमी मलाई  
मर्न लाग्दा अकालमा
बचाउँछौ तिमी मलाई ।  

मेरो आँसु पुछिदिने
मलम घाउमा लगाइदिने
आफ्नो भाग काटी खुवाउने
आमा ! तिमी नै त हौ,
मेरो चोटमा रोइदिने ।