Logo

Student Corner

म लेखूँ, त के लेखूँ ?

Written by: Rakshit Dahal - 22023, Grade XII

Posted on: 19 November, 2021

विज्ञान र प्रविधिको विकाससँगै हामी धेरै जना इन्टरनेट र इलेक्ट्रोनिक उपकरणबाट टाढा छैनौँ । हामीलाई चाहिने सबै कुरा हाम्रो हातमा छ । एउटा सानो उपकरणले हामीलाई जे कुरा थाहा छैन, त्याे कुराको सबै जानकारी केही समयमा दिन्छ ।

हामी किताबहरूबाट टाढा हुँदै छाैँ र प्रविधिहरूसँग नजिक हुँदै छाैँ । म आफैँ पनि कहिलेकाहीँ महसुस गर्छु, मेरो मस्तिष्क रिसाएको जस्तो अनुभव हुन्छ र केही गर्न त्यति तागत र शक्ति हुँदैन । हामी स्कुलमा हुँदा दिनको ८ घण्टा स्कुलमा खेल्दै पढाइ गर्दा पनि बेलुका खेल्न जान सक्थ्याैँ तर अहिले दिनको ५ घण्टा अनलाइन कक्षाले सबै शक्ति हराइसकेको हुन्छ । यसको मुख्य कारण यस्तै आधुनिक प्रविधिको धेरै प्रयोगले गर्दा भएको महसुस गर्दछु म आफैँ । फेरि स्कुलमा हुँदा बेलाको उदाहरण लिँदा स्कुलमा हामी दिनको २ ओटा लेख विभिन्न कुराहरूमा लेख्थ्याैँ तर अहिले म आफैँ एउटा लेख लेख्न पनि दिनभरि सोच्छु, के लेखूँ भनेर ।

विज्ञान र प्रविधिको विकाससँगै हामी संसारमा धेरै अघि पुगिसकेका छौँ भने हाम्रो दिमाग बिस्तारी ढिलाे भएकाे छ र गजमजिएकाे छ ।