Logo

Student Corner

किन नेपालमा टिकटकलाई बन्द गर्नुपर्छ ?

Written by: Kabin Rijal - 22010, Grade XII

Posted on: 18 November, 2021

छोटो समयमा एकदम चर्चामा आएको सामाजिक सञ्जाल हाे टिकटक l अहिलेको समयमा यसलाई कुनै परिचयको आवश्यकता छैन l नेपालको कुरा गर्ने हो भने अहिले ९० प्रतिशतभन्दा धेरै मान्छेको मोबाइलमा टिकटक हुन्छ l छोटो समयमा धेरै चर्चा पाउनुको पछाडि धेरै कारणहरू छन् l टिकटकमा विषय बनाउनका लागि धेरै मेहनत गर्नुपर्दैन l  टिकटकमा १५  सेकेन्डदेखि एक मिनेटको भिडियो बनाउन सकिन्छ । यति छोटो समयमा हामीले चाहेर पनि रचनात्मक भिडियो बनाउन सकिँदैन l

पहिलाको समयमा मान्छेले किताब पढ्थे । किताब पढ्नका लागि नभए पनि एकदेखि दुई दिन लाग्थ्यो l विकास हुँदै जाँदा चलचित्र आयो । चलचित्र हेर्नका लागि दुईदेखि तीन घण्टा लाग्छ l यसपछि युट्युब आयो, जसमा एउटा भिडियो १५ देखि २० मिनेटको हुन्छ र टिकटमा १५ सेकेन्डको भिडियो हुन्छ l याे कुराले अहिलेको मान्छेको मानसिक वास्तविकता देखाउँछ l अहिले हरेक मान्छेलाई सेकेन्डपिच्छे नयाँ कुरा चाहिएको छ l मान्छेको धैर्यकाे स्तर एकदमै तल पुगेको छ l धैर्यकाे स्तर कम हुनाले मान्छेको पढाइ र काममा नकारात्मक प्रभाव परिरहेको छ l टिकटक कुनै लतभन्दा कम छैन । तपाईंले टिकटकलाई हैन  टिकटकले तपाईंलाई चलाइरहेको हुन्छ l यस सामाजिक सञ्जालले हाम्रो दिमागसँग नराम्ररी खेलिरहेको हुन्छ । १५/१५ सेकेन्डमा नयाँ भिडियाे आउँछ, जसको कारण तपाईंलाई अल्छी लाग्दैन र घन्टाैँ मोबाइल तलमाथि गर्दै जान्छ र हामीलाई थाहा पनि हुँदैन l घन्टाैँ खर्च गर्दा पनि हामीले फाइदाजनक कुरा केही पनि सिक्न पाउँदैनाैँ l

अहिलेका युवाहरू टिकटकमा केही लाइक र छोटो समयमै धेरै चर्चा पाउनका लागि अश्लील, असभ्य र आँखामा राख्दा बिझाउने खालका भिडियो हाल्छन् l घण्टौँ खर्च गरेर १५ सेकेन्डको भिडियो बनाएर आफ्नो जोस जाँगर खर्च गरेर पाइन्छ त के ? केवल शून्य l अहिलेका युवाहरू टिकटकबाट सबैभन्दा धेरै प्रभावित भएका छन् । यो उमेर कुनै पनि व्यक्तिकाे भविष्य निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो तर अहिलेका युवा टिकटकमा नराम्रा शब्द, अश्लील भिडियो र उमेर नपुगी माया बस्ने कुरा गर्दै हिँडिरहेका हुन्छन् जुन देश र व्यक्ति दुवैको भविष्यका लागि एकदम नकारात्मक कुरा हो l

कुनै पनि कुरा आफैँमा राम्राे या नराम्रो हुँदैन । त्याे कस्ताे हुन्छ भन्ने कुरा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा भर पर्छ l टिकटकलाई पनि सही कार्यमा उपयाेग गर्न सके यसले फाइदा पुर्याउन सक्छ ।