Logo

Student Corner

जीवन

Written by: Shubham Rimal - 23065, Grade XI

Posted on: 18 November, 2021

जीवन हुन्छ काँडा भएको गुलाबजस्तो,
सिद्ध छैन, तर सधैँ सुन्दर ।
जीवन हुन्छ फूलजस्तो,
जबसम्म नजिकबाट हेर्दैनौ, यसको सुन्दरता देख्दैनाै ।

जीवन हुन्छ खोलाजस्तो,
बग्नु हो यसको लक्ष्य ।
यदि यसको विरुद्ध जान चाहन्छौ भने प्रयास गर,
तर बगाई लग्छ, यदि बगाउन दिन्छौ भने ।


जीवन हुन्छ किताबजस्तो,
पाठहरूमा टुक्रिएकाे । 
जबसम्म अहिले चलिराखेको पाठ बन्द गर्दैनौ,
तबसम्म अर्को पाठमा रहेको कुरा थाहा पाउँदैनौ ।   

जीवनको सबैभन्दा राम्रो भाग हुन्छन् परिवार र साथीहरू,
तर मिठास त तब आउँछ,
जब परिवार साथी बन्छन्,
अनि साथी बन्छन् परिवार ।