Logo

Student Corner

मानव बेचबिखन

Written by: Yunil Ghimire - 24008, Grade X

Posted on: 18 November, 2021

बिना अनुमति शोषण गर्ने उद्देश्यले देशभित्रै तथा देशबाहिर मानिसको ओसारपसार गर्नु मानव बेचबिखन हो । अर्को अर्थमा भन्ने हो भने महिला पुरुष तथा बालबालिकाहरूको किनबेच भन्नु बुझिन्छ । मानव बेचबिखन देशभित्र तथा देशबाहिर हुने गर्दछ। मानब बेचबिखनमा पैसाको लागि मानव शोषण गरिन्छ। मानब  बेचबिखन एउटा आपराधिक कार्य हो । नेपालबाट बर्सेनी कयौँ महिला पुरुष तथा बालबालिकाहरू विभिन्न देशमा बेचिएका कुरा सुन्दै आइरहेका छौँ  । 
। मानव बेचबिखनका विभिन्न स्वरूपहरू  छन् । जसमा जबरजस्ती श्रममा लगाउनु पनि हो। यो मानव बेचबिखनको सामान्य प्रक्रियाजस्तै भइसकेको छ । कुनै पनि व्यक्तिको ईच्छा विपरीत बलजफ्ती श्रममा लगाउने ,घरमा मजदुर राख्ने , बालबालिकालाई ईट्टा भट्टामा काममा लगाउने यौन शोषण गर्ने उद्देश्यले कुनै पनि महिला या पुरुषलाई होटलमा यौन स्थानमा ओसार पसार गरिन्छ या उनीहरूलाई जबरजस्ती धम्क्याएर यौनकार्य गराइन्छ भने त्यो पनि मानव बेचबिखनभित्र पर्दछ । बालबालिकालाई श्रमको लागि भर्ना गर्ने, उनीहरूलाई भारी बोक्न लगाउने हातहतियार बोक्न लगाउने जस्ता निकृष्ट कार्य पनि मानव बेचबिखनको एउटा रूप हो ।
नेपालजस्ताे अल्पविकसित देशमा अवैधानिक रूपमा किड्नी लगायतका अङ्गहरू बेचबिखन गर्ने कार्य भईरहेको छ । यी क्रियाकलापहरू पनि मानव बेचबिखन अन्तर्गत नै पर्दछ । नेपालमा मानव बेचबिखन विशेष गरेर नेपालभित्रै र एसियाका विभिन्न मुलुक र मध्यपूर्वका देशहरूमा ललाई-फकाई गरेर हुने गरेको पाइन्छ । नेपालभित्रै विशेष गरेर गाउँबाट शहरमा आएका किशोरी तथा महिलाहरू क्याबिन , डान्स रेष्टुरेन्ट, मसाज पार्लर तथा अन्य पर्यटकीय श्रेत्रमा यौनजन्य क्रियाकलापको लागि प्रयोग हुने गरेका छन् । नेपालमा श्रमको बेचबिखन पनि सामान्य जस्तै भैसकेको छ ।नेपालकै कैयौँ महिला तथा किशोरीहरू नेपाल भारतको सीमाक्षेत्र हुँदै भारतका विभिन्न स्थानमा यौनजन्य क्रियाकलापका लागि बेचबिखन हुने गरेका छन् । मानव बेचबिखन कसरी रोकथाम गर्ने ?
बोक्सी, छाउपडी, देउकी लगायतका समाजमा व्याप्त अन्धविश्वासजन्य क्रियाकलापहरूले पनि मानव बेचबिखनका क्रियाकलापहरूलाई सहयोग पुगिरहेको पाइन्छ। सचेत नागरिक, सङ्घसंस्था सरकारी निकाय, अन्तरराष्ट्रिय सङ्घ-संस्थाहरू एकजुट भएर यस्ता निन्दनीय कार्य विरुद्ध लाग्ने हाे भने पक्कै पनि मानव बेचबिखन जस्ताे कार्य हराउँदै जानेछ ।