Logo

Student Corner

यात्री

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 18 November, 2021

गन्तव्य  टाढा, 
थाहा छैन कँहा टुङ्गिने
म त यात्री सधै हिडिरहने
ती प्राकृतिक रमणीय
दृश्यका बिचमा
हिडेँ म 
सुख ,दुःखका क्षण सम्झेर ||१||

समेट्दै ती नयाँ 
कला कृति र रहनसहन
सपना बुन्नु छ जहाँ 
संसार सजाउनु छ बेग्लै
दुःख मेटाउन
मन भरि लागेका ती
भारी मन र त्यसमै बुनिएका
मेरा ठुला सपना सजाउन ।।२।।

म त एकल यात्री 
सधै सपना बुनिरहने
याे भिडभन्दा टाढा,
एक्लाेपनमा रमाइरहने
याे हाेहल्ला बाट बेग्लै 
शून्यतामा रमाउने
खाेजी हिडेँ यी पाइला ,
जसले लग्याे मलाई त्यतै।।३।।

शून्यता र सुन्दरताले भरिएकाे
त्याे समाजदेखि टाढा 
यहाँ मन गाडिएकाे
गन्तव्य हाेलान् 
प्राप्त गर्नकाे लागि
बाधासँग लडछु
तब त सिक्छु।।४।।

डुलाइरहने मलाई
बिर्साउने रैछ पीडा मनका
ती रमणीय गन्तव्य मेरा
छैनन् साधन 
मनका भावनाका
त्यसैले एकल यात्री म
एकल यात्री म।।५।।