Logo

Student Corner

अनाैठाे घर

Written by: Anushka Basnet - 24001, Grade X

Posted on: 17 November, 2021

लीया र नीताको उमेर  मिल्दोजुल्दो थियो । उनीहरू मितीनी पनि थिए।  गर्मीको समय थियो । लीया र नीता छहारीमा बसेर भलाकुसारी गर्दै थिए । नजिकै एउटा ठुलो जङ्गल थियो । गाउँलेहरू त्यस जङ्गलमा धेरै पहिलेदेखि भूतको बसोबास छ भन्ने कुरा गर्थे। उमेरअनुसार उनीहरूमा चञ्चल स्वभाव पनि थियो । गर्मीको समय त्यसमा पनि उमेरअनुसारको चञ्चलता कारण उनीहरू त्यस जङ्गलमा जाने र केही समय उतै घुम्ने  निधो गरे ।
उमेरका हिसाबले दुवै जना स्रोह्र / सत्र वर्षका थिए । जङ्‌गलमा हिँड्दा विभिन्न जङ्‌गली जनावर र त्यहाँको प्रकृतिक आनन्दबारे कुरा गर्दै र रमाउँदै हिँडिरहेका थिए । घुम्दै जाँदा बाटोमा एउटा ठुलो घर देखे ।  उनीहरूले त्यस्तो घर कहिल्यै देखेका थिएनन् ।  त्यस्तो जङ्गलको बिचमा घर हुनु निकै अनौठो लाग्यो । उनी बिस्तारै त्यस घरतर्फ लागे । नीता लीयाभन्दा अलि बढी डराएकी जस्ती देखिन्थी । मनमा अलि बढी डर भएकाले नीताका पाइला अगि बढ्न सकेनन् । नीता लीयासँग अगि बढ्नुको साटो पछाडि फर्किन थाली । डरले थरथर मुटु नै काप्न थाल्यो । नीता त्यो घरतिर नगएर भाग्न थाली । नीता एक्कासी कता गई भन्ने कुरा अत्तोपत्तो भएन । जङ्गलमा निकै भौतारिई । बल्लतल्ल कुहिराको काग हराएझैँ हराउँदै र निसासिँदै जङ्‌गलबाट बाहिर निस्की । तीन दिन बित्दा पनि लीया फर्केकी थिइन । 
लीयाका परिवारलाई आफ्नी छोरी यतिका दिनसम्म कहाँ गई भन्ने अत्ताेपत्ताे थिएन । चिन्ताले रन्थनिएका थिए । लीयालाई खोज्न उनीहरू हिँडे तर कतै फेला पार्न सकेनन् । यत्रो समय हुँदा पनि ऊ नआएपछि नीता पनि आफ्नी साथीलाई खोज्न त्यहीँ अनौठो घरतिर गई। जब नीता त्यो घरतर्फ जाँदा सडेकाे गन्ध आयो । अगि बढ्दै जाँदा लीयाको शरीर देखेर नीता तर्सिई । लियाको शरीरमा न त कुनै जङ्गली जनावरले आक्रमण गरे जस्तो देखिन्थ्यो न त शरीरमा कुनेै डाम नै थियो । नीता निसासिदै त्यहाँबाट गई र लियाको परिवारलाई खबर गरी । गाउँले र लियाका परिवार त्यस ठाउँमा आए । यस्तो अवस्थामा आफ्नी छोरीलाई देखेर उनीहरू भाव विह्वल भए । गाउँलेहरू पहिलेदेखि नै त्यस जङ्‌गलमा भूत भएको कुरा गर्न थाले । यत्तिकैमा एउटा भयङ्कर दृश्य देखापर्न थाल्यो । त्यो दृश्यले सबैका मुख बन्द भए । घरलै ती सबैलाई भित्र लिएर गयाे  सबै स्थिर भए । एकाएक सबै अलप भए ।