Written by: Simone Shree Pathak - 24006, Grade X
Posted on: 16 November, 2021
हरि सानैदेखि चित्रकलमा औधी रुचि थियाे । ऊ बाल्यकालदेखि नै चित्रहरू काेर्ने गर्थ्याे । जब हरि ठुलाे हुँदै गयाे तब ऊ चित्रकलामा पारङ्गत हुँदै गयाे । भविष्यमा प्रख्यात चित्रकार बनेर केही गर्ने उसकाे चाहना थियाे तर उसका अभिभावक उसकाे याे रुचिप्रति सन्तुष्ट थिएनन् ।
हरिका अभिभावक आफ्नाे छाेराे डाक्टर बनोस् भन्ने चाहन्थे । उनीहरू हरिकाे सपनालाई बालापनकाे हुटहुटी मात्रै भन्ठान्थे । उता हरि आफ्ना बाआमाकाे चाहनालाई कुनै वास्ता गर्दैनथ्याे । जब एस.इ.इ परीक्षाकाे नतिजा आयाे हरिका बाबु छाेराका लागि राम्राे विज्ञान पढ्ने कलेज खाेज्न थाले । हरि भने चित्रकला सम्बन्धी पढाइ हुने कलेज खोजेर पढ्न थाल्यो। हरिका बाबाले याे कुरा थाह पाएपछि ऊसँग धेरै रिसाए । सकेसम्म आफ्नाे बाबालाई सम्झायाे । पढाइ भनेकाे अरूकाे रहर र कहरले हुने कुरा हाेइन । पढ्ने मानिसकाे रुचि जुन क्षेत्र र विषयमा छ त्यही क्षेत्रमा मात्र उसले प्रगति गर्न सक्छ । बाबा मेराे कुरा हजुर किन बुझ्नुहुन्न आखिर मेराे खुसी भनेकाे नै हजुरकाे खुसी हाेइन र ? किन हजुरहरू मेराे कुरा बुझ्नुहुन्न उसले प्रश्न थुपार्याे । तर उसका बाबा उसकाे कुरामा सहमत भएनन् । “तिमी हाम्रो सन्तान हो ; तिमीले हामीले भनेको मान्नुपर्छ । हामीले तिम्रो उपकार सम्झेर तिमीलाई विज्ञान पढ भनेको हो ; हामीले भनेको सुन्दैनौ भने तिमी आफूलाई जे मन लाग्छ त्यही गर” ।
समय बित्दै गयो । हरिले पढ्ने कलेजमा देशव्यापी खुला चित्रकला प्रतियोगिता आयोजना गरिएको कुरा उसले थाह पायो । नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त प्रतियोगिताको आयोजना गरेको रहेछ । उसले त्यस प्रतियोगितामा भाग लिने विचार गर्यो । त्यसका लागि उसले विद्यालयका शिक्षक र प्र.अ. सँग सल्लाह गर्यो र सिफारिस पत्र पनि बनायो । ऊ त्यस प्रतियोगितामा भाग लिन काठमाडौँ गयो । केही दिनपछि चित्रकलाको नतिजा आयो । हरि नै देशव्यापी चित्रकलामा प्रथम भएको सूचना गोरखापत्रमा प्रकाशित भयो । उसका साथीहरू र शिक्षक सबै खुसी भए । यो कुरा उसका बुबाआमाले पनि थाह पाए अनि खुसीका आँसु झारे । आफूले छोरालाई विज्ञान पढ्न कर गरेकोमा पश्चाताप माने । हरिलाई अब हौसला दिन थाले । आफ्ना आमाबुबाले आफ्नो कुरा बुझेकोमा ऊ पनि खुसी भयो ।