Logo

Student Corner

एसियामा चामलमाेह

Written by: Samrat Nakarmi - 22011, Grade XII

Posted on: 15 November, 2021

एसियाको खानाका बारेमा सोच्ने हो भने धेरै चिजहरू दिमागमा आउँछन् । सबै एसियाली देशहरूको आफ्नै अनौठो खाना छ । जापानको सुसीदेखि नेपालकाे गुन्द्रुक ढिँडाेसम्म सबै । तापनि सबै एसियालीहरूकाे खानामा एक कुरा साझा छ र त्यो एक मात्र साझा कुरा हाे, चामल । सबै देशहरूमा समयसँगै जम्मा भएका व्यञ्जनहरूको सङ्ख्या जति भए पनि कुनै फरक पर्दैन किनभने अन्तमा सबै एसियालीहरू आरामसँग चामलमै फर्किन्छन् । एसियालीहरूका लागि चामल यति प्रिय छ कि यसबिना केही नपुगेजस्ताे लाग्छ । लगभग सबैजसाे एसियालीहरू कम्तीमा दिनमा एक पटक भात खान्छन् । जापानीहरू भातमा सुसी, टेम्पुरा, डनजस्ता धेरै व्यञ्जनहरू बनाउँछन् ।

तराईकाे अधिकांश जमिनमा धानको खेती हुन्छ । नेपालमा असार र मङ्सिर महिनालाई "धन रोप्ने महिना" र "धन भित्र्याउने महिने" को नाम दिइन्छ।  दक्षिण एसियामा दिउँसाे र रातकाे खाना सधैँ भात वा यसको एक रूप हो । "दाल" र "तरकारी" जो चामलको स्वाद थप बढाउन सँगै खाइन्छ तर पूर्वी एसियामा चामल धेरै समय आफैँ खाइएको छ, कहिलेकाहीँ सोया सस वा वसाबी र मासु कटलेटसँग । एसियाका मानिसहरू एकअर्काको भात पकाउने तरिका अपनाउँछन्, जापानमा इन्डियन करी, नान आदि बनाउने रेस्टुरेन्ट छ भने इन्डियामा पनि जापानी रेस्टुरेन्ट छ ।

त्यस्तै गरी भात खाने एसियालीहरूको धारणा मनोरञ्जन मिडियामा लोकप्रिय भएको छ । धेरै एसियाली युट्युबरहरू आफ्नो रचनात्मकताका माध्यमबाट लोकप्रिय भएका छन् । एउटा युट्युबर विशेष गरी भाइरल भयाे किनकि उसले पश्चिमाहरूले भात बनाउने तरिकालाई आलोचन गर्दै हँसाउने भिडियो बनायो । त्यो भिडियो भाइरल भएपछि धेरैले एसियाको भात पकाउने तरिका सिकेर आफ्नै भिडियो बनाएर ठुलो असर भयो । झुम्पा लहिरीले पनि "राइस" भन्ने निबन्ध लेखिन्, जुन धेरै प्रसिद्ध हुन पुग्यो । यसमा उनले उनका बाबाले भात बनाउने तरिकाको व्याख्या गरेकी छिन् । यसरी धेरै एसियालीहरूले भातमा आफ्नो प्रतिक्रिया दिएर भातमाथि आफ्नो गाैरव प्रदर्शन गरेर लोकप्रियता कमाए ।

छोटकरीमा भन्ने हो भने भात भन्ने कुरामा एसिया मज्जाले एकीकृत भएर आएको छ । देशको सीमाले विभाजित भए पनि भातको मायाले चाहिँ सबैलाई एकताबद्ध गरेकाे छ ।