Logo

Student Corner

कोरोना

Written by: Pratik Dongol - 27009, Grade VII

Posted on: 15 November, 2021

चीनबाट विश्वभर फैलियाे 
अनि हाम्रो देश हल्लायो।
यो कोरोना देश विदेश घुम्यो
तर हामीलाई घर भित्रै बसायो।


शान्त धरतीमा आतङ्कक मच्चायाे
अनि हाम्रो मनमा डर बसायो।
आम्दानी सबै घट्दै गयाे 
अनि गरिबलाई भोकै राख्यो।

नेपालमा यसले मार्‍याे धेरैलाई
अनि राखेन ठाउँ जलाउनलाई ।
नयाँ नयाँ प्रजाति निकाली
दियो आम्दानीको पीडा फेरि फेरि।

गुमाए ज्यान नेपालमा धेरैले 
अस्पतालमा  ठाउँ र अक्सिजनको खाँचोले।
यसले नेपालमा धेरै विनाश गर्‍याे
तर परिवारसँग बिताउने समय दियो।


अब कोरोना माहामारी हटाउनलाई
मानिसले लगाउन पर्छ खोप । 
दुई वर्ष जति गर्‍याे राज यसले
तर अब समाप्त गर्नुपर्छ आत्मबल र खोपले।