Logo

Student Corner

मानवहरू

Written by: Rakshit Dahal - 22023, Grade XII

Posted on: 12 November, 2021

मानवहरूले ढुङ्गे युगदेखि अहिलेसम्म धेरै विकास गरेका छन् । हामी पहिला ढुङ्गाहरूलाई एकअर्कासँग जुधाएर आगो बाल्ने गर्थ्याैँ तर अहिले हामी त्यही ढुङ्गालाई चिप जसरी कम्प्युटर र अन्य विद्युतीय उपकरणहरूमा प्रयोग गर्न थालेका छौँ । नयाँ नयाँ उपकरणहरूको विकास हुँदै जाँदा हामी अल्छी हुँदै गएका छौँ । अहिले हामी धेरैजसो फोनमा इन्स्टाग्राम र फेसबुकजस्तो कुराहरूमा आफ्नो जिन्दगीको धेरै समय गुजारिरहेका छौँ । हामीलाई कक्षाको अगाडि गएर बोल्न लाज लाग्छ तर टिकटकमा नाच्न, गाउन अप्ठ्याराे लाग्दैन । हामी जिन्दगीमा लाइक र कमेन्ट राम्रो आउँदा खुसी हुन्छौँ भने नराम्रो आएमा तीन दिनसम्म भात खाँदैनौँ ।

नयाँ युग विज्ञानले धेरै सफलता हासिल गरे तापनि धेरै समस्याहरू पनि ल्याएको छ तर यससँगै धेरै अवसरहरू पनि प्रदनन गरेको छ । अहिले ई गेमिङ्गमार्फत् नेपालकै धेरै युवाहरू विभिन्न प्रतिष्पर्धामा भाग लिएर लाखौँ कमाउने मात्र हैन करोडपति भएका छन् । सबै कुराको सकाात्मक र नकारात्मक विशेषता हुन्छ । याे हामी आफैँले सम्झिनुपर्ने कुरा हो । सबै कुरालाई सन्तुलनमा राखेर काम गरियो भने सबै कुराबाट फाइदा पाउन सकिन्छ भने सन्तुलनभन्दा बाहिर लागियो भने सबै कुरा बिग्रिन पुग्छ ।

मानवहरूले विभिन्न आविष्कारहरू गरेका छन् । विद्यालयमा पनि विद्यार्थीहरूले धेरै कुराहरूकाे आविष्कार गरिरहेका हुन्छन् । मानवहरू पहिला के थिए र अहिले कहाँ छन् भनेर हामी मानवले बुझ्नुपर्छ ।