Logo

Student Corner

नेपाली र म

Written by: Aaditya Majhi - 22004, Grade XII

Posted on: 11 November, 2021

म  जन्मिएदेखि अहिलेसम्म नेपाल धेरै परिवर्तन भएको छ र परिवर्तन हुनु राम्रो पनि हो । म काठमाडौँमा जन्मिएको हुँ । नेपालका धेरै ठाउँहरू नघुमे पनि युट्युबबाट मैले धेरै ठाउँहरू कस्ता छन् भनेर अनुभव गरिसकेँ । अस्ति नै साँझको बेला युट्युबबाट नेपालको धरहरा अहिले कस्तो छ भनेर थाहा भयो । त्यति बेला नै अझ एउटा कुरा थाहा भयो, नेपालका राजालाई हिटलरले कार उपहार दिएका थिए । त्यति बेला बाटो नभएर कार बोकेर ल्याइएको थियाे । काठमाडौँ  यस्तै गरी समय परिवर्तन हुँदै जाँदा नेपालमा साना साना सडकहरू बन्दै गए । अझ पनि नेपालका धेरै ठाउँहरूमा सडक बनका छैनन् । काठमाडौँको चाबहिलको सडकका छेउमा रुखहरू हुने गर्थे । समयको परिवर्तनका साथै सडक अलिकति ठुलो भयो र रुखहरू काटिए । रुखहरू भएको कुरा मलाई पनि यही वर्ष थाहा भयो ।

नेपालमा बिजुलीले चल्ने गाडी चाहिँ मलाई दाइले  भन्नुभएको थियो । बिजुलीबाट चल्ने गाडी अहिले डिजेलबाट चल्छ । नेपालमा अहिले बिजुलीबाट चल्ने गाडी कम मात्रमा चल्छन् । नेपालमा २०७२ को भूकम्पले धेरै ठाउँहरूमा क्षति पुगेकाे कारणले पनि धेरै परिवर्तन आएकाे छ । हाम्रो घरको अगाडिको बाटो बने अघिल्लाे वर्ष मात्रै अलि राम्रो भएको हो । केही सालअगाडि नेपालमा धेरै ठाउँहरूमा खाली जग्गाहरू थिए तर आहिलेको समयमा सबै ठाउँहरूमा घरहरू बनेको छन् ।