Logo

Student Corner

तिहार

Written by: Shreeyan Sangat - 32023, Grade II

Posted on: 11 November, 2021

तिहार नेपालीहरूको महत्त्वपूर्ण चाड हो । यसलाई दीपावली पनि भनिन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिन सम्म मनाइन्छ । यो चाड कागतिहारबाट सुरू हुन्छ । पहिलो दिन कागको पूजा गरेर मनाइन्छ । तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । यस दिन कुकुरको पूजा गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो । यस दिनलाई गाईतिहार पनि भनिन्छ । यस दिन सबैका घरमा लक्ष्मीपूजा गरिन्छ । तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । यस दिन नेवारहरूले म्हपूजा गर्छन् । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । यस दिन दाजुभाइको पूजा गरी मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई एकै ठाउँमा राखेर पूजा गर्छन् । खानेकुरा दिन्छन् । यसरी तिहार पाँच दिन मनाइन्छ ।