Logo

Student Corner

खरायो

Written by: Sambhabi Mainali - 31037, Grade III

Posted on: 11 November, 2021

खरायो जङ्गली जनावर हो । खरायो धेरै थरीका हुन्छन् । कुनै खरायो सेतो, कुनै खरायो कालो र कुनै खरायो खैरो रङका हुन्छन् । खरायोलाई गाजर खान मन पर्छ । खरायोले घाँस पनि खान्छ । खरायोको शरीर मुलायमदार हुन्छ । खरायो सानो र निकै राम्रो हुन्छ । खरायो छिटो दौडन सक्छ । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा कान हुन्छन् । खरायोको एउटा नाक हुन्छ । खरायो हेर्दा राम्रो र सफा देखिन्छ ।